५ जेठ
पर्वत–सामजिक कार्य गर्ने उद्देश्यको साथ पर्वतमा गठन भएको पर्वत सेवा समाज नेपालको नयाँ कार्य समिति गठन भएको छ । तीन वर्ष अघि २०७२ सालमा स्थापना भएको समाजले पुन: मुना भुषालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सहितको समाज गठन गरिएको हो । रोजगारीको शिलशिलामा ईजराल र कोरीयामा पुगेका नेपालीहरुले जन्मथलोमा केही गर्नको लागि समाज गठन गर्न सहयोग पु-याएका थिए । ‘जन्मभूमिका लागि केही गरौ’भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले सामजिक रुपमा विभिन्न सेवा मुलक काम गदै आएको छ ।

सामजिक रुपमा निस्वार्थ भावनाले काम गर्ने उद्देश्यले समाजको गठन गरिएको हो । समाजले स्थानीयस्तरमा सामाजिक भूमिका खेल्ने जनाइएको छ । समाज पर्वतबाट सञ्चालन हुनेछ । पर्वतको कुश्मामा शुक्रवार बसेको भेलाले अध्यक्षमा पुन भुषाललाई चयन गरेको हो । उपाध्यक्षमा गणेशवहादुर क्षेत्री, सचिवमा थमनारायण पौडेल, सह–सचिवमा किशोर क्षेत्री,कोषाध्यक्षमा मुना शर्मा लामिछाने, सदस्यहरुमा नवराज शर्मा,राजु पौडेल, अच्यूत तिवारी, दिनेश ढकाल,माधव पौडेल, नवराज भण्डारी रहनु भएको छ ।

कार्यक्रममा पर्वत सेवा समाज नेपालका संस्थापक राज क्षेत्रीको विशेष उपस्थिती रहेको थियो । राज क्षेत्री पर्वत सेवा समाज ईजारायलमा पर्वतमा वैधानिक रुपमा यो समाज गठन गर्न उल्लेखनिय भूमिका खेलेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष मुना भुषालले रोजगारीको शिलशिलामा इजरालमा रहेका व्यक्तिहरुवाट सञ्चालित संस्था भएकाले संस्थाका गतिविधीलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताउनु भयो । पर्वत सेवा समाज बिशुद्ध सामजिक संस्था भएकाले यसले सामजिक काम गर्ने उहाँको भनाई छ ।

मुना भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गणेशवहादुर क्षेत्री र कार्यक्रमको सञ्चालन निर्वतमान सचिव शिवराज शर्माले गर्नुभएको थियो ।
यस अघि यस संस्थाले वाच्छामा वृहत स्वास्थ्य शिविर संचालन गरि ४५० जनाले विभिन्न रोगको वारेमा स्वास्थ्य परिक्षण गरि सेवा लिएका थिए । त्यसै गरि मृगौला पिडित खुर्कोटकी संगीता शर्मा लगायतल ४ जनालाई ४० हजार सहयोग, क्यान्सर पिडित फलेवास नगरपालिका पाडराड निवासी गीता नेपालीलाई ६५ हजार सहयेग,समाज कल्याण प्रावि माझफांटमका विपन्न १०२ जना दलित विद्याथीहरुलाई पर्वत सेवा समाज कोरीया शाखाका उपाध्यक्ष दिनेश ढकालको सहयोग तथा समन्वयमा कोरीयामा रोजगारीमा गएका व्यक्तिहरुले सहयोग गरेका थिए । आर्थरमा सामूदायिक वनमा आगोलागी हूदा निभाउन जांदा सख्त घाईते भएका रविन गूरुडलाई ६९ हजार उपचारका लागी सहयोग गरेको थियो । पर्वत सेवा समाज ईजारायल शाखाको सहयोगमा क्यान्सर पिडित मन्जू थापा काठमाडौलाई रु १० हजार,मानव सेवा आश्रम पोखरालाई रु ४० हजार सहयोग गरिएको थियो ।

यस समाजलाई पर्वत जिल्लामा वैधानिक रुपमा दर्ता गर्न ईजारयलमा कार्यरत दिपिका भूसाल,राज क्षेत्री,पर्वतमालका केसी,ईश्री केसी,डिक गूरुड लगायत र कोरियामा कार्यरत ईश्वर केसी,दिनेश ढकाल,प्रकाश पौडेल लगायतले महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस समाजमा ईजारायलमा कार्यरत २० जना कोरीयामा कार्यरत १८ जना र पर्वत जिल्लाका १८ जना गरि ५६ जना आजिवन सदस्य रहेका छन् ।
पर्वत सेवा समाज ईजारायलका संस्थापक डिक गूरुड लाई सल्लाहकारमा मनोनित गरेको छ ।