४ जेठ
२ करोड ६० लाख ६३ हजार नक्कली नोट प्रकरणमा दोषी को-को ?

काठमाडौं । कुनै समयमा निकै चर्चा पाएको नेपाली फिल्म ‘लुट’ का निर्माता नै अहिले २ करोड ६० लाख नक्कली नोट छपाएर लुटिरहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।

बुधबार काठमाडौ गोंगबु, बागबजार तथा ललितपुरको धापाखेलबाट लुटका निर्माता माधवराज वाग्लेसहितको टोलीबाट २ करोड ६० लाख ६३ हजारका नेपाली नक्कली नोट फेला पारेको छ ।

वाग्लेसहित छापाखाना सञ्चालकद्वय प्रकाश सुवेदी र विकेश नापित, सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ र साजन तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेस र जय भोलेबाबा प्रिन्टिङ प्रेसमा नक्कली नोट छाप्ने गरीएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेका वाग्लले चलचित्रका लागि नक्कली नोट छापीएको दाबी गर्दै आएका छन् ।

यसै बिषयलाई लिएर नेपाल चलचित्र निर्माता संघले फिल्मका लागि नोट छापिएको दाबी गर्दै वाग्लेलाई बदनाम गर्न खोजीएको आरोप लगाएका छन् । संघले विज्ञप्ति निकाल्दै माधव राज वाग्लेलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

फिल्मका लागि छापिएका नक्कली नोटमा नक्कली नोट उल्लेख गर्नु पर्ने भएपनि उतm नोटमा भने कतै नक्कली नोट उल्लेख गरिएको छैन । प्रहरीले भने नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्न, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्न प्रयोग गरेका जनाएको छ । राष्ट्रबैंका अनुसार कसैले पनि नक्कली नोट छाप्न पाउदैन् ।

निर्माण कम्पनीको ६ पटकसम्म म्याद थप्दा पनि अस्पताल बनेन

धौलागिरी अञ्चल अस्पताल निर्माणका लागि १० बर्षमा ६ पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । अस्पतालको ओपीडी र बिषेशज्ञ कक्ष रहने बि बल्क २ बर्षमा हस्तान्तरण गर्ने गरी २०६६ साल बैशाख ६ गते ६ करोड ६० लाखमा निमार्ण सम्झौता भएको थियो । उज्यालो विहानीवाट