३ जेठ
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अब प्रतिष्पर्धी पार्टी नरहेको बताएका छन्।

बिहीबार मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस अब सहयोगी पार्टी बनेको बताए।

‘कांग्रेसको इतिहास छ उसलाई पनि हामीले सँगै लिएर जाने हो,’ प्रधानमन्त्री ओलीले भने,’सबै मिलेर देश बनाउने हो, कांग्रेसले यसमा योगदान गर्छ।’

उनले कांग्रेस सरकारले अधिनायकवाद लाद्छ कि भनेर हच्किने गरेको भए पनि त्यस्तो शंका नगर्न आग्रह गरे।

‘यो एकता दमनकारी हुनलाई होइन विकासकारी हुनका लागि हो,’ प्रधानमन्त्रील भने।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भण्डारीको अवसानकै दिन एमाले र माओवादीबीच एकता हुने भएकाले गर्व लागेको बताएका हुन्।