२ जेठ
काठमाडौँ । सम्पर्कविहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज यसअघि साढे दुई घण्टापछि बाजुरामा भेटियो भनिए पनि अहिलेसम्म नभेटिएको खुलेको छ ।

सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जनाएका छन् ।

यसअघि दिइएको सुचना गलत रहेको पनि विमानस्थलले स्वीकार गरेको छ ।

९ एन एजेयु कलसाइन भएको उक्त जहाज बुधबार बिहान सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको थियो ।

जहाज कर्णाली नदीको किनारमा फोर्स ल्यान्डिङ गरिएको बताइए पनि खोजी कार्य जारी रहेको विमानस्थलले बताएको छ ।

चालक दलमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली रहेका थिए।