२ जेठ
जनकपुरधाम,नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने मुख्यमन्त्रीको अभिव्यक्ति बेठीक भएको बताए । ‘गाजल आँखामा लगाउदा राम्रो देखिन्छ, त्यही गाजल अनुहार लाग्यो भने कालोमोसो हुन्छ’ उनले भने ‘प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राखनु कतिको उचित हो ?’
सांसद चौधरीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको प्रदेशको नेपालको समस्याबारे जानकारी गराइराख्नुपर्ने आवश्यकता नै नभएको बताए ।
कांग्रेस सांसद शोभा लामाले सांसद डिम्पल झाले पहाडी समुदायप्रति गरेको टिप्पणीको विरोध जनाइन् । ‘माननीयज्यूले पहाडीको किन टाउको दुख्यो भन्नू राम्रो होइन, मधेसमा पहाडी बसेका छन्, पहाडमा मधेशी बसेका छन् । त्यसरी दिने अभिव्यक्तिले बिखण्डन ल्याउँछ’ उनले भनिन् ।
नेकपा एमालेकी सांसद मञ्जु यादवले नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा राष्ट्रिय गान नबजाएकोमा विरोध जनाइन्। ‘औपचारिक कार्यक्रम थियो । राष्ट्रिय गान किन बजाइएन । कस्को गल्ती हो ?’ उनले प्रश्न गरिन् ।
प्रदेशसभाको बैठकमा सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे संसदमा जानकारी नगराएकोमा विरोध जनाएका थिए । उनीहरुले मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन पनि माग गरेका छन् । मोदी भ्रमणको बेला कार्यकर्ता पोस्ने काम भएको भन्दै यथार्थ हिसाब बुझाउन सांसदहरुले प्रदेश सरकारसँग माग गरेका छन् ।
कांग्रेस, एमाले र माओवादी सांसदहरुले भाजपा सांसद कृति आजादले मोदी जनकपुर फिर्ता माग्न गएको भनी दिएको अभिव्यक्तिको प्रदेशसभाले आपत्ति जनाउनुपर्ने धारणा पनि राखेका थिए । उनीहरुले अभिनन्दन कार्यक्रममा मैथिली भाषा प्रयोग नगरिएको र उपमहानगरपालिकाले अभिनन्दन गर्दा प्रदेश सरकारका मन्त्रीले कार्यक्रम उद्घोषण गर्नु कत्तिको उचित हो भनी प्रश्न गरेका थिए ।









