३० वैशाख
पर्वत,आदर्श अङ्ग्रेजी आवासीय मा.वि. कुश्मामा काठमाडौं युनिभर्सिटी, स्कूल अफ एजुकेशन को आयोजनामा एक दिने स्कूल लिडरसीप तालिम कार्यक्रम संपन्न भयो । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले स्वागत गर्दै काठमाडौं युनिभर्सिटी र संस्थागत विद्यालयहरु बिचमा विगत स्थापनाकाल देखि नै देशको शैक्षिक क्ष्ँेत्रलाई उच्च विन्दुमा पु¥याउन सहकार्य निरन्तर भई अगाडि बढिरहेको र यस कार्यक्रमले पर्वत जिल्लाको शैक्षिक संस्थाहरुमा पक्कै पनि सकारात्मक उर्जा प्रदन गर्न विश्वस व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा पर्वत र बाग्लुङ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा उपप्रधानाध्यापकहरुको उपस्थिित रहेको थियो । काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. धनपति सुवेदीज्यूले ईफेक्टीभ कक्षा कोठा व्यवस्थापन शिर्षकमा वर्तमान समयमा आइपरेका शिक्षण सिकाइ तथा विद्यालायले आजको समयमा समाजलाई नेतृत्व गर्न बठिनाई बढ्दै गएको, मानिस मानिसमा विविधता रहेकाले विद्यार्थीहरुमा भएको विविध क्षमतालाई नेतृत्व गर्न सक्नु पर्ने कुरा बताउनु भएको थियो । आजका बालबालिकाहरुले विश्वव्यापी रुपमा नेतृत्व लिन सक्षम बनाउने हाम्रो आजको आवश्यकता रहेको छ । साथै ईफेक्टीभ लर्निडका लागि शिक्षक कृयाकलापहरु बढाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कक्षा कोठा व्यवस्थापन के कसरी गर्न सकिन्छ ? का ईफेक्टीभ लर्निडका लागि के कस्ता कार्यहरु गर्नुपर्छ भन्ने विषयमा काठमाण्डौं विश्वविद्यालयका स्कूल शिक्षा,कक्षाकोठाको प्रदर्शन नमुना प्रस्तुत गर्नू भएको थियो । उक्त समयमा कक्षा कोठामा भएका विद्यार्थीहरुको विभिन्न व्यवहारको अध्ययन गर्दै शिक्षक केन्द्रित विधि प्रयोग नगरी विद्यार्थी केन्द्रित शिक्षण कृयाकलापमा जाने र लर्निडवाई डोईड विधिबाट अध्यापन गराउनुपर्ने कुराको जानकारी गराउनुभयो । विद्यार्थीहरुलाई व्यवसायिक विकासमा जोड दिनुपर्ने कुरा शान्तिराम गौतम र बुद्धि थापा संयुक्तरुपमा जानकारी गराउनु भएको थियो । विद्यालय समुदाय साझेदारी सम्बन्धमा सुवास श्रेष्ठले प्रष्ट पार्नु भयो भने समायानूकुल शिक्षण परिवर्तन हुनु पर्ने कुरा मन्दिता अधिकारीले प्रष्ट पार्नु भयो । त्यसै गरी स्कूल सूधार योजना किन भन्ने विषयमा वागमति कलेजका प्रिन्सिपल नारायण सिटौला र झाविन्द्र सुबेदीले प्रष्ट पार्नु भयो । प्रो. दुर्गा शर्माले गणित के हो? र यसलाई कसरी सिकाउन र सिक्न सकिन्छ भन्ने विषयमा गणित शिक्ष्ँकहरुलाई सहजिकरण गर्नु भयो । राजु खनालले शिक्षा लाई समय सापेक्ष रुपमा परिवर्तन गर्न सकेका मात्रै अबका विदयार्थीरु विदेशिनु पर्ने छैन त्यसैले अबको शिक्षा जीवनोपयोगि र संस्कार सहितको हुनु पर्ने कुरामा जोड दिनु भयो ।
प्रो. डा. बसुप्रसाद सुबेदीले एक दिने स्कूल लिडरसिप ट्रेनिङ का सम्पूर्ण विषयबस्तु माथि प्रकाश पार्दै समाजको अभिन्न अंग शैक्षिक क्षेत्रका नेतृत्वदायि प्रधानाध्यापक र शिक्षकहरुमा नेतृत्वदायि क्षमताको विकास भएमा मात्र समाज र राष्ट्रको उथान हुने कुरा बताउनु भयो । आजको छोटो समयमा पनि आफूहरुले सिकेका कुराहरु आफ्ना कर्मथलोमा प्रयोग गरी आफ्नो नेतृत्व क्षमतालाई बढाउनु हुने छ भन्ने कुरामा आफू विश्वस्त रहेका कुरा बताउनु भयो । कार्यक्रममा विद्यालय व्या.स. का शिक्षक छनोट समितिका संयोजक बसन्त बहादुर सि.के, कोषाध्यक्ष पृथ्वीनारायण शर्माको उपस्थिति रहेका थियो । पहिलो छोटो शुभारम्भ कार्यक्रममा वि.व्या. समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षता र एकेडेमिक इन्र्चज कमल थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
तालिमको अन्तमा प्रा.डा. बासुदेव सुवेदीबाट अति प्रभावकारि तरिकाले समअप तथा इन्सपाएर गर्नु भएको थियो । यस तालिममा ११ सामुदयिक विद्यालयक २२ जना र १४ बटा संस्थागत विद्यालयका ३५ प्रिन्सिपल,प्राचार्य र शिक्षकहरुको सहभागिता भएको थियो ।साथै सोहि विश्वविद्यालयका गणितका प्राें दुर्गा प्रसाद ढकालबाट गणितका शिक्षकहरुलाई समेत तालिम दिनु भएको थियो । ततपश्चात काडमाण्डौ विश्वविद्यालय स्कुल अफ इजुकेशनको तर्फ देखि प्रा.डा. धनपति सुवेदी, प्रा.डा. बासुसुवेदी,प्रो.राजु खनाल,भोला नाथ लम्सालले तालिमका सहभागीहरुलाई डिनको कार्यलायबाट तयार पारिएको सर्टिफिकेट प्रदान गरिएको थियो । तालिम कार्यक्रमको सञ्चालन तालिम संयोगजक नारायण सिटौलाले गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा विद्यालयको तर्फदेखि कार्यक्रमको फोटोहरु समावेस गरिएको संझनाको चिनो प्रा.डा. धनपति सुवेदी, प्रा.डा. बासुसुवेदी,प्रो.राजु खनाल,भोला नाथ लम्साल सहित केयूका विद्यार्थीहरुलाई प्रिन्सिपल हिम बहादुर पौडेलबाट र टिका प्रदान लेखा तथा अभिलेख प्रमुख धर्म बहादुर पौडेलबाट भएको थियो। अन्त्मा धन्यवाद प्रिन्सिपल हिम बहादुर पौडेलबाट र अनलाईन मास्टर कोर्सको जानारी भोलानाथ शर्मा बाट भएको थियो र कार्यक्रम समापन भएको थियो ।