२९ वैशाख
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए ।

मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए ।
भ्रमणका क्रममा मोदीको जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरिएको थियो । राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टचार भेट गरे भने प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रमुख दलका नेताहरुलाई भेटेका छन् ।

आफ्नो भ्रमण ऐतिहासिक भएको मोदीले बताएका छन् । नेपाल छाडे लगतै ट्वीट गर्दै प्रधानमन्त्री मोदीले भनेका छन्, ओलीसँगको कुराकानी फलदायी रहृयो । यो भ्रमणले नेपाल भारत सम्वन्धमा नयाँ उर्जा प्राप्त भएको छ ।

Narendra Modi

@narendramodi
My Nepal visit was historic. It gave me a great opportunity to connect with the wonderful people of Nepal.

Talks with PM Oli were productive. New vigour has been added to India-Nepal relations through this visit. Gratitude to the people and Government of Nepal for their warmth.

4:56 PM – May 12, 2018