२८ वैशाख
कूश्मा पर्वत ,पर्वत जिल्लाको कूश्मा नगरपालिका वडा नं ८ दोविल्लामा वस दुर्घटना भएको छ । अंन्दाजि विहान ११.५० बजे भएको वस दुर्घटनामा दोबिल्ला स्थित कुस्मा पोखरा सडक खण्डमा भएको हो । बाग्लुङ बाट पोखरा तर्फ जादै गरेको ना ३ ख ७७४० नम्बरको मिनि बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अचानक सडकबाट अन्दाजी २० \२५ मिटर तल खस्न गई दुर्घटना भएको हो ।
दुर्घटना को खवर प्राप्त हुन साथ तत्काल यस जिल्ला प्रहरी कार्यलयवाट ट्राफिक सहितको २० जनाको प्रहरी टोली खटी गई स्थानिय र प्रहरीको सकृयतामा घाईतेहरुको उद्धार गरी जिल्ला अस्पताल पर्वतमा उपचारको लागी पठाईएको थियो।
उक्त दुर्घटनामा १६ जना घाईते भएकोमा १४ जनाको उपचार पश्चात डिस्चार्ज भएका छन् । २ जनालाई मनिपाल अस्पताल पोखरा थप उपचारको लागी पठाईएको छ । चालक भने फरार रहेका छन् उनको खोजी कार्य भईरहेको छ । अन्य थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाईतेहनेहरुमा ९ बाग्लुङ्ग न पा १२ का सन्तु हमाल,कुश्मा न पा ४ का दिलिप कुमार यादव, बाग्लुङ्ग जैमुनि न पा ७ का टिकादेवि के सी रिता राना,जालिका राना, जैमुनि न पा १ का दल बहादुर थापा, सुर्खेत दुर्गाकोट गाउँपालिका कि हरिकला श्रीस, कुश्मा न पा १० कि लक्ष्मि पौडेल, बाग्लुङ्ग न पा ४ दिपा थापा , तनहुँ म्याग्दे गा पा ४ मदन थापा ,कूश्मा न पा ५ का कल्पना सुनार , कूश्मा न पा ६ का कृति सुनार , बाग्लुङ्ग न पा २ का शेर बहादुर कुँवर , कूश्मा न पा १० पार्वती उपाध्यय, बागलुङ न पा १३ उमादेबी रेग्मी,बागलुङ जैमिनि न पा १ दोण खड्का रहेका छन् ।
। उमादेबी रेग्मी र सन्तु हमाललाई थप उपचारका लागी मनिपाल पोखरा रिफर गरिएको कूरा जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।









