२३ वैशाख
सचिन्द्र श्रेष्ठ, आजको बिश्व बजारमा तिब्र गतिमा दौड़िरहेको इंटरनेट,सामाजिक सञ्जाल जस्ता सुबिधाले मानिसलाई नजिक गर्नु या फाइदा दिनुको साथै बिभिन्न हानि, नोकसानि पनि उतिकै दिइरहेको छ। यस्को पछिल्लो उदाहरण ‘परी तामाङ ‘लाई लिन सकिन्छ । नेपालमा पोर्न भिडियो बन्नू या बाहिरी रुपमा लिक हुनु यो मात्र घटना पक्कै पनि नौलो होइन । अमेरिकी किम कार्दशाइ,पप गाइका माइली साइरस होस् या पाकिस्तानी अभिनेत्री मीराको किन नहोस् या बलिऊड की राखी सावंत , करीना / साहिद ,सन्नी लियोनी जस्ता कलाकारको समेत भिडियो अपलोड बनेर बाहिरी बजारमा छेेपछेप्याती पाइनु कुनै ठुलो कुरा भएन ।
बि. स.२०४२ साल देखि नेपालमा ब्लू फिल्म बनेको इतिहास छ जुन आज सम्म नेपाली कलाकार, मोडल, सेलिब्रटी होस् या सामान्य महिलाहरुको समेत बनेको पाइन्छ। श्रीषा कार्की को ‘जन आस्था ‘ साप्ताहिकमा नग्न फोटो बाहिरिनु र आत्महत्या को शिकारमा पर्नु ,नम्रता श्रेष्ठको डी जे तांत्रिक सँग (बोइ फ्रेंड) को पोर्न भिडियो होस् या प्रकाश ओझा(जो २ पटक जेल जीबन पनि बिताएका थिए)/ज्योति खडका ,पूजा लामा,जेनिशा मोक्तान ,नेपाली जो अमेरिकामा बसोबास गर्ने बिन्दु परियारहरुको पनि भिडियो लिक हुनु ले अझै पनि हाम्रो समाज कहाँ तिर धकेली रहेको छ भन्ने प्रष्ठ हुन्छ ।
इन्टरनेटले परम्परागत सामाजिक संरचना भत्काउन संगठित हुँदै गैरहेका साँस्कृतिक समूहलाई बलियो बनाउँदै लगिरहेको छ। करिब करिब हरेकको हातमा स्मार्टफोन, घर घरमा इन्टरनेटको पहुँच र विकसित देशसँग प्रत्यक्ष र भर्चुअल संवाद गरिरहेको नेपाली समाज पनि यो अभियानमा प्रत्यक्ष परोक्ष संलग्न हुन थालेको छ।जसको नतीजा हामीले एक अर्काका कामोतेजक भिडियो,फोटो, एम एम एस आदान प्रदान गरेर मनोरंजन लिनु का साथै त्यसैको गलत शिकार बन्न थालेका छौ । समाज बदलनु आफैमा गारो बिषय हो,बिभिन्न खालका मानिसहरुको झुण्ड मा यस्ता खालका प्रबिति हुनु जायज वा नाजायज के हो भनेर भन्नु भन्दा हामी कस्तो खालको सस्कृति ,समाज सँग हुर्कदै आएका छौ भन्ने ठुलो कुरा रहेछ । एक छिनको आनंद, यौन कुण्ठा ले मानिसलाई म सही या गलत दिशा तर्फ छु भन्ने पनि बिर्सने रहेछ जसको उदाहरण हामी ले देखि सकेका छौ ।
कुनै बाध्यता त कुनै मनोरंजन मानेर पनि यस्ता खालका घटनाको शिकार बनिेरहेका छौ । नेपालमा अहिले यौन ब्यबसायी होस् या सामान्य मानिस पैसा को प्रलोभन मा फसेर पनि पोर्न भिडियो बनाउनु ,प्रसारण गर्नु सामान्य भएको छ । कोही यस्ता जमात पनि छ जसले आर्थिक पार्जनका लागी यौन ब्यबसाय अपनाउने त कति ले ब्लैक मेंल्लिङ् गरेर उलटै केटा लाई फसाउने खालको धन्दा चलाएर पनि आफ्नो प्रभुत्व जमाएको देखन पाइन्छ ।पहिले राम्रो रिलेशन बनाउने ,आपसी समझदारीमा यौन क्रियाकलाप पनि गर्ने अनि आफैले भने जस्तो नहुँने वा चित्त नबुजे फसाउने खालको प्रबिर्ति छ ।
धनि केटा पायर मुर्गा बनाउने सोच कति को हुन्छ त कति आफै केटा को ब्लैक मेंल्लिङ्ग भएर पोलीस थाना धाउनु र अपरधी लाई पक्रनका लागि हरगुहार मागेको पनी देखन सकिन्छ । अन्तयमा कस्ले फसायो ,किन फसायो वा किन फसियों भनेर आत्मालोचना गर्नु भन्दा आफैमा जनचेतनाको कमी,सामजिक सञ्जालको गलत दुरुपयोग,कु संस्कारको बिकास ,अज्ञानता,अशिक्षा जस्तो हाम्रो मानबिय सोचका कारण यो खालको दुर्रघटनाको चेपूवामा परेको हो ।घटना हुनु भन्दा नहुने कसरी भनेर सोचने बानीको बिकास गर्न सके अबका दिनहरूमा पक्कै पनि नया समाज रूपांतरण भएको छिट्टै पाउने छौ ।