२८ फागुन,
काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदमा भोट हालेको छ । संविधान संशोधनको प्रमूख मूद्धा वनाएर उस्ले विस्वासको मत दिएको हो । सरकारकमा जानका लागी भने संविधान संसेधन हुनूपर्ने अडान लिएको छ ।
संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्रीले भने संविधान संशोधनको कूनै प्रतिवद्धता जनाएनन् ।
उनले भने, ‘प्रधानमन्त्रीको बचनमा विश्वास छ, हामी कुनै सम्झौता गर्दैनौं तर, तपाईले आजै संसदमा एउटा प्रतिवद्धता जनाइदिनुस् । सिंगो देश एक भएको सन्देश दिनुस् ।’
उनले सर्बदलीय बैठक बोलाउन माग समेत गरे ।
राजपा सांसद यादवले प्रधानमन्त्री ओलीलाई मत दिने तर, आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताए । उनले भने, ‘संविधान संशोधन लगायतका मुद्दा सम्बोधन भएपछि विचार गरौंला ।’








