८ फगुन
काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएको स्रोतले बतायो।

प्रधानमन्त्री निवासको दायाँतर्फको ढोकाबाट भित्र छिरेका यादव एमाले नेता अग्नी खरेलको गाडीमा सुटुक्क आएको खुलेको छ। एमाले माओवादी नेताहरुको बैठकमा सहभागी भएर यादव खरेलकै गाडीमा फर्किएका हुन्।