७ फानुन
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १३ तेजराथ टोलबाट शनिबार राति नै स्वचालित पेस्तोल सहित २८ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका २३ सवैठवा बस्ने अजितप्रसाद कुशवाहलाई अटोमेटिक पेस्तोल र म्यागजिनसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मध्यरातमा सडकमा ४/५ जना युवाको शंकास्पद गतिविधि देखेखपछि मोबाइल गाडी रोक्न लाग्दा उनीहरु भागेपछि लखेट्ने क्रममा अजित पक्राउ परेका हुन् ।
प्रहरीले कुशवाहलाई पक्राउ गर्ने क्रममा फरार भएका उनका साथीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।








