
५ फागुन
भक्तपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा शनिवार भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।
भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए । उनले भने–“पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।”
सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतवार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि शनिवार दुई अध्यक्ष बिच छलफल भएको जानकारी दिए ।







