४ फागून
पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले सो समारोहमा शपथ लिएका हुन्।
शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन्। मुख्य मन्त्री सुब्बाले एमाले सांसद् रामशरण बस्नेतलाई उद्योग तथा वन मन्त्री बनाएर दुई सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन्।बस्नेत गोरखा क्षेत्र नम्बर १(ख)का प्रदेशसभा सदस्य हुन्।
मन्त्रिपरिषद्को बैठकले प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउन आगामी २ वर्षभित्र सबै गाउँ र वस्तीमा विद्युत सेवा पुर्याउने निर्णय गरेको छ ।
५ वर्षभित्र सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने तथा क्यान्सर, मुटु र मिर्गौला उपचार गर्ने अस्पताल सञ्चालन गर्ने पनि निर्णय लिएको छ ।
प्रत्येक स्थानीय तहको केन्द्रलाई प्रदशे राजधानीमा जोड्ने, आगामी २ वर्षमा प्रत्येक गाउँमा खोनेपानी सेवा पुर्याउने र स्थानीय तहसँग सहकार्य गरेर बहुसांस्कृतिक गाउँ स्थापना निर्णय भएको छ ।








