साजन परियार, पर्वत ।सहमति विना व्याक्तिगत जग्गा कव्जा भएको र उठिवास गराएको भन्दै यहाँकी एक महिलाले न्यायको खोजी गरेकी छिन् । पर्वतको क्ुश्मा नगरपालिका ११ निवासी लक्ष्मी पौडेलले परिवारको सहमति विना खेतीयोग्य जमिनमा डोजर लगाई टहरो वनाएको भन्दै उजुरी दिएकी हुन् ।

उनले कुश्मा नगरपालिका ११ बस्ने रामवहादुर के।सी र फेवा कन्स्ट्रक्सनका ठेकेदार निरकुमार राईले घरमा कोही नभएको मौका छोपेर आफ्नो जग्गामा डोजर लगाएर टहरोे वनाएको भन्दै पौडेलले न्यायको माग गरेकी हुन् । फेवा कन्ट्रक्सनका ठेकदार निरकुमार राई र स्यानीपोखरी प्राविका शिक्षक समेत रहेका रामवहादुर केसीले व्याक्तिगत जग्गामा कन्ट्रक्सनमा काम गर्ने कामदार वस्ने टहरो वनाएको र यसले जग्गा विग्रिएको उहाँले वताउनुभयो । आफुले खेतीपाती गर्ने जमिनमा केहि सहमती नलिई जग्गा हडप्ने काम भएको भन्दै पौडेलले जिल्ला प्रसासन कार्यालयको ध्यानकर्षण गराएकी छिन् । आफ्नो व्याक्तिगत जग्गा कव्जा किन गरेको भनेर सोधपुछ गर्दा उनलाई अपशव्द वोलेर धम्काएको जानकारी दिएकी छिन् ।

ग्रैहकानुनी रुपमा तयार पारिएका संरचना तुरुन्त हटाउने वातावरण वनाईदिन पीडित पौडेलले माग गरेकी छिन् । आफुलाई धाकधम्की दिने व्याक्तिद्धय केसी र राईलाई कानुन अनुसार कारवाहि गर्न पनि माग गरिएको छ । जग्गा कव्जा गरेर सम्वन्धित व्याक्तिहरुले व्याक्तिगत स्वतन्त्रता हनन गरेको र यसले असुरक्षा वढेको भन्दै पीडित लक्ष्मी पौडेलले प्रसासन संग सुरक्षाको पनि माग गर्नुभएको छ । लक्ष्मीले जिल्ला प्रसासन कार्यालय, मानवअधिकारको कार्यालय, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्रको पार्टि कार्यालय, मिडियाकर्मीहरुलाई ज्ञापनपत्र समेत वुझाउनुभएको छ । यसवारेमा फेवा कन्ट्रक्सनको कार्यालय पोखरामा सम्पर्क गर्दा ठेकेदार निलकुमार राईलाई सम्पर्क गर्न जवाफ आएको छ । तर राईको फोनमा सम्पर्क हुन सकेन ।

जिल्ला प्रसासन कार्यालयले पीडित पक्ष र पीडक पक्षलाई झिकाएर समस्या समाधान गर्ने जनाएको छ । घटनाको वारेमा जानकारी पाईसकेको र आवश्यक कारवाही शुरु भैसकेको सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले वताए । महिलाको उजुरी हेर्दा उहाँमाथी अन्याय भएको देखिएको उनले वताए । दुबै पक्ष संग वार्ता नगरि सबै कुराको यथार्थ स्पष्ट नहुने भएकाले दुबै पक्षलाई वोलाएर यसवारे सोधपुछ गरि आवश्यक सिनर्णय लिईने शर्माले वताए ।