२१ माघ
पर्वतमा स्थापना भएको एकता युवा क्लवले आफनो १० औं बार्षीक उत्सव समपन्न गरेको छ । २०६४ साल माध १८ गते कुस्मा नपा ५ खत्रीटोलमो बिक्रम केसीको अद्यक्षतामा गठीत क्लवमा हाल सम्म आईपूग्दा ५ जना अध्यक्ष भईसकेका छन । क्लवको दशौं बार्षिकोत्सव समारोहमा खेलकुद तथा सांस्कृतीक कार्यक्रम गरी मनाएको छ ।

सदरमुकाम कुस्मा स्थित विभिन्न क्लव बिद्यालय गरी ८ टीमको सहभागीता रहेको थियो । उद्घाटन माघ १९ गते क्लवका संस्थापक सल्लाहकार एवम शिक्षाबिद बसन्तवहादुर सि.के.ज्यूले गरेका थियो । ए साईड खेलमा एकता शाही समुह प्रथम,नमुना आमाबिको दोस्रो स्थान हांसील गरेका थिए । प्रमुख अतिथि प्रदेश सभा सदस्य ललित कला गुरूङले समाजमा यूवाले जस्तोसुकै परीवर्तन गर्नन सक्ने बताएकी थिईन ।
निबर्तमान अद्यक्ष अच्युत तिवारी, संस्थापक अद्यक्ष बिक्रम के.सी., नमूना आमाबिका प्रिन्सीपल ईन्द्रमान खत्री, राष्ट्रीय सरल कबि शान्तिनारायण श्रेस्ठ, गर्गाचार्य समाज सेवा समितिका अद्यक्ष लोकनाथ आचार्य,क्लवका संस्थापक सल्लाहकार एवम शिक्षाबिद् बसन्त बहादुर सि.के.,बडा नं ५ का बाड अद्यक्ष चित्रकला शर्मा भारती लगायतले वोलेका थिए ।

कलवका अध्यक्ष नरेन्द्र बाहदुर खत्रीको अध्यक्षतामा समपन्न सो कार्यक्रमको स्वागत क्लवका उपाद्यक्ष बिजय चापागाईले गरेका थियो भने सन्चालन सचिब गोकुल चापागाईले गरेका थियो ।