१७ माघ
सामाजिक सेवामा सधैँ अगाडी रहेको पर्वत सेवा समाज नेपाल इजरायल शाखाद्वारा स्तन क्यान्सरबाट पिडित मन्जु थापालाई दश हजार रुपैया सहयोग सहयोग हस्तान्तरण गरिएको छ।
इजरायलबाट संकलित रकम क्यान्सर पिडित मन्जुलाई हस्तान्तरण गरिएपछि मन्जुले सहयोगी सबैलाई धन्यवाद दिइन्।
त्यस्तै समाजकै तर्फबाट हेटौडाको मानव सेवा आश्रमलाई ४० हजार नगद प्रदान गरिएको छ।पर्वत सेवा समाज इजरायल शाखाकी अध्यक्ष पर्वतमाला केसी र महासचिव धन गुरुङले रोगी,पिडित,अशक्तहरुलाई सकेको सहयोग गर्न संस्था कहिल्यै पछि नपर्ने बताए।








