इन्दु शर्मा, पर्वत ।। सामजिक सञ्जाल फेसबुकको दुरुपयोग बढ्दै गईरहेका बेला यहाँ फेसबुक प्रयोगकर्ताले सहयोगी हात बढाउने साधनका रुपमा प्रयोग गर्न थालेका छन् । फेसबुकमा रहेका भावनात्मक साथीहरुले We can doसहयोगी हातहरु ग्रुप गठन गरेका हुन् ।
ग्रुपले शनिवार पोखरामा एक भेलाको आयोजना कार्य समिति गठन गरेको छ । भेलाले जगत ढुंगनाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनु पौडेल, सचिबमा जीवन आचार्य, सहसचिबमा इन्दू शर्मा र कोषाध्यक्षमा राज हमाललाई चयन गरेको छ ।
समितिको सदस्यमा रोशन बास्तोला, ,जीवनप्रसाद देवकोटा,अनन्तराज ढुंगाना,दामोदर ढुंगाना,भरत के. सी, कुमार सुबेदी,भरत चापागाई, सुजना श्रेष्ठ चयन हुनुभएको ग्रुपकी सहसचिबमा इन्दू शर्माले जानकारी दिनुभयो । समितिको सल्लाहकारमा सुवास पौडेल, समिर सुनार, अबिरल अधिकारी, प्रतिज्ञा रेग्मी र लक्ष्मी सुबेदीलाई चयन गरिएको शर्माको भनाई छ ।
ग्रुपले गठन सँगै मुटुरोग पीडितलाई सहयोग गरको छ । मुटुरोगवाट पीडित बनेका पोखराका शिवहरि परियारलाई आर्थिक सहयोग गरेको हो । त्रिबी शिक्षण अस्पतालमा उपचार गराईरहेका परियारलाई समुहका सदस्यले बैठकमा संकलन गरेको २ हजार ८ सय रुपैया हस्तान्तरण गरेको छ । ग्रुपले गत पुष १७ गते फैमली फोटो प्रतियोगिताको आयोजना गरेको थियो ।
उक्त अवसरमा विजयी अविरल अधिकारीलाई पुरस्कर सहित सम्मान गरेको थियो । ग्रुपले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आर्थिक अवस्थामा कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here