७ माघ
कूश्मा पर्वत । लायन्स क्लव अफ कूश्मा सीटीले स्वर्गिय रुकमाया जोशीको चौथौ स्मृती दिवश मनाएको छ । लायन्स क्लव अफ कूश्मा सिटीका संस्थापक सदस्य जोशीको संझनामा सामाजिक क्षेत्रमा महिलाहरुले गरेको योगदानको कदर गर्दै तीन जना अगूवा समाजसेवी महिलाहरुलाई छनौट गरि उनीहरुले समाजमा पूयाएको योगदानको कदर गर्दै नगद सहित प्रशंसा पत्रले सम्मान गरेको छ ।
महिलाहरुले मात्र संचालन गरेको लायन्स क्लव अफ कूश्मा सीटीले रुकमाया अक्षयकोषको सहयोगमा उक्त कार्यक्रम संपन्न गरेको हो । यसरी सम्मानीतहूनेहरु कूश्मा नगरपालिका वडा नं. १ पाङ निवासी नर्वदा चापागाई,चूवा नीवासी जूना परियार र मोदी गाउपालिका तिलाहार निवासी मान कूमारी के.सी रहेका छन् ।
उक्त सम्मान कार्यक्रमको प्रमूख अतिथि रुकमाया अक्षय कोषका संरक्षक तथा लायन्स डिस्ट्रकका जी एम टि कोअर्डिनेटर काशी कूमार जोशी,एडभाईजर वसन्त कूमार कर्माचार्य लगायतले आप-नो धारणा राखेका थिए ।
उक्त कार्यक्रम लायन्स क्लव अफ कूश्मा सीटिका अध्यक्ष रीता के सी भण्डारीको अध्यक्षता,स्वागत सरस्वती जिज्ञाशू र कार्यक्रमको संचालन अजिता शर्माले गरेकी थिईन । कार्यक्रममा विभिन्न लायन्स क्लवका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।








