k|b]z–$sf Ho]i7 ;b:o >]i7n] ;ky k|b]z–$ sf k|d'v afa'/fd s'Fj/n] cfOtaf/ kf]v/fdf Ho]i7 k|b]z;ef ;b:o hgsnfn >]i7nfO{ kb tyf uf]kgLotfsf] ;ky u|x0f u/fpFb} . t:jL/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

७ माघ

पोखरा । प्रदेश नम्बर ४ प्रमुख बाबुराम कुँवरले आइतवार आफ्नो पदभार सम्हालेका छन । पदभार ग्रहण गरे लगत्तै उनले ४ नम्बर प्रदेश सभाका जेष्ठ सदस्य ६७ बर्षका जनकलाल श्रेष्ठलाइ सपथ गराए । श्रेष्ठले  पोखरा नगर विकास प्रशिक्षणको हलमा ५७ जना सदस्यहरुलाइ प्रदेशसभा निर्बाचन ऐन मा व्यवस्था भए बमोजिम सपथ ग्रहण गराएका हुन ।

प्रदेशसभा सदस्यका लागि निर्वाचित  ३६ र समानूपातिक २४ गरी ६० जना सदस्य रहेकोमा आइतबार श्रेष्ठ संगै ५८ जनाले सपथ ग्रहण गरेका छन।  मनाडबाट निर्वाचित  स्वतन्त्र उमेदबार  राजिब गूरुङ (दिपक मनाङ्गे) र तनहूबाट निर्वाचित एमालेका राम बहादुर गूरुङ्ग सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहेका थिए ।

प्रदेश नम्बर ४ मा ६० सदस्य मध्ये  एमालेका २५, काँग्रेसका १५, माओवादीका १४,जनमोर्चाका ३ ,नयाँ शत्तिका दूइ, स्वतन्त्र १ जना रहेका छन ।