पौष २४,पर्वत । गायक तथा सर्जक तेजेश रेग्मीले एकपछि अर्को एल्वम् बजारमा ल्याएका छन् । दुई साता अगडी ‘बेसार मसला’ एल्वम् बजारमा ल्याएका रेग्मीले ‘बलराम’ नामक एल्वम् बजारमा ल्याएका हुन् । रेग्मी एक दशकदेखी नेपाली लोक साँगितिक क्षेत्रमा सक्रिय रहेका छन् ।
रेग्मीकै स्वर, शव्द र संगितमा बजारमा आएको एल्वम्‘बलराम’ मा उनलाई लोक गायिका सम्झना लामिछाने मगरले साथ दिएकी छन् । उक्त गितलाई समित परियारले एरेन्ज भरेका छन् । विष्णु सापकोटाको प्रस्तुती रहेको सो गीतलाई मायालु डिजिटलले बजार व्यवस्थापन गरेको छ ।
उक्त गितमा यादम सापकोटा ९सरापे०,तेजेश रेग्मी र सम्झाना लामिछानेले अभिनय रहेको छ । गीतलाई सरोज रोशन भट्ठराईले निर्देशन गरेका छन् । गायक तेजेश रेग्मीले पछिल्लो समयमा फरक प्रस्तुतीमा नयाँ एल्वम् बजारमा ल्याएसँगै उनको साँगितिक यात्रा झ्न उचाईमा पुगेको छ ।
दर्शक तथा श्रोतहरुलाई नयाँ पन र फरक स्वाद दिनका लागि ‘बलराम’ नामक एल्वम् बजारमा ल्याएको रेग्मीको भनाई छ । ‘मेरा लागि दर्शक तथा श्रोत भगवान् हुन्, उहाँहरुलाई साँगितिक क्षेत्रवाट मनोरञ्जन तथा सन्देश प्रदान गर्नु मेरो पहिलो धर्म हो, उनले भने, ।’ गायक रेग्मीका दुई दर्जनभन्दा बढि एल्वम् बजारमा आईसकेका छन् ।