२४ पुष
लहान । चिसो छल्न आगो तापिरहेकी सिरहाकी एक महिलाको जिउमा आगो सल्किँदा गम्भीर घाइते भएकी छन् ।
शीत लहर र बाक्लो हुस्सुका कारण सिरहामा चिसो अत्याधिक बढेको छ ।
घाइते हुनेमा सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ की अन्दाजी ३५ वर्षीया आशा यादब छन् ।
राति आगो वालेर ताप्दै गर्दा हावाले आगो उडाएपछि उनको साडीमा सल्केको आगोले शरीरमा पोलेको छ । आगोले उनको दायाँ खुट्टा, बायाँ हात र ढाडमा पोलेको छ ।
यादवको श्रमजिवि अस्पताल धनगढीमा मा उपचार भइरहेको छ ।








