२० पुष

करोडको परोपकारी कोषको घोषणा गर्दै अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक सम्पन्न,अन्तराष्ट्रिय पर्वत समाजको  २७ तारिख बेल्जियममाबसेको विशेष बैठकले एक करोडको परोपकारीअक्षयकोष स्थापना गर्ने निर्णय गर्दै सम्पन्न भएको छ |

समितिका अध्यक्ष पुरन गिरीको अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको प्रमुख आथित्यमा सम्पन्न उक्त बैठकमा गैरआवासीय नेपाली संघका युरोप सह संयोजक एकराज गिरि,गैरआवासीय नेपाली संघ मानार्थ सदस्य ,गैरआवासीय नेपाली संघको नेदरल्याण्ड , डेनमार्क र स्वीडेनका राष्ट्रियसमिति अध्यक्षहरु लगायत पर्बत समाजमा आवद्दपदाधिकारी साथै अन्य क्षेत्रमा सक्रीय समाजसेविहरुको  उपस्तिथि रहेको थियो ।

उक्त बैठकमा समाजका अग्रज सन्तोष जोशी सुभाषले राख्नु भएको एक करोडको परोपकारी कोषको घोषणाको प्रस्तावलाई सर्वसम्मतिले पास गर्ने निर्णयगर्दै त्यो कोष आगामी ६ महिना भित्र पुरा गर्ने र प्रमुखलक्ष्य जुनमा हुने च्यारिटी कार्यक्रमलाई बनाउने र यसकालागि समाजका सबै सक्रिय रुपमा लाग्ने निर्णय गरेको र यो रकमलाई कसरि कहा परीचालन गर्ने भन्नेसम्वन्धमा समितिका अग्रज , पर्वत घर भई विभिन्नमहत्वपुर्ण क्षेत्रमा कार्यरत व्यक्तित्वलाई अनुरोध गरि एक उच्च स्तरीय समिति बनाई त्यसले दिएको प्रतिवेदनवा सुझाव अनुसार गर्ने निर्णय गरिएको समितिकाअध्यक्ष पुरन गिरिले जानकारी दिनु भयो बैठकमा गैर आवासीय नेपालि संघमा केन्द्र र रास्ट्रियसमितिमा नेतृत्व गर्नु भएका पर्वेतेली , आफु बसेको देशमा विभिन्न संघ संस्थामा नेतृत्व गर्नु भएका पर्वेतेली,विभिन्न देशका पर्वत समाजका अध्यक्ष र प्रतिनिधिहरु साथै अग्रज हरु सबैले अन्तराष्ट्रिय पर्वत समाज सग मिलि (सबै मिलि ) पर्वत जिल्लाको कुनै ठाउमा समाजले दुई वर्ष पछि गर्ने भनेको विश्व सम्मेलन अगावै दिर्घकालिन रुपमा लाभान्वित हुने कुनै एकयोजना गर्ने प्रतिवद्दता जाहेर गरिएको थियो ।

संस्थाका भाबी कार्ययोजना, विधान समितिका सदस्य कृष्ण तिवारीले प्रस्तुत गर्नु भएको पर्वत समाजको बिधान लगायत अन्य महत्त्व पुर्ण कुरामा गम्भीर छलफलसमेत गरि निर्णय गरिएको उक्त बृहत बैठकको संचालन गुणराज शर्मा र स्वागत व्यवस्थापन समितिका संयोजकश्री प्रसाद गुरुङले गर्नु भएको थियो |

बैठक पछी अग्रेजी नया वर्षको उपलक्ष्यमाशुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो| बेल्जियमका लागि नेपाली राजदुत  लोकबहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न उक्तकार्यक्रममा विशेष अथितीमा गैर आवासीय नेपालीसंघका उपाध्यक्ष कुल आचार्य लगायत सचिव जानकी गुरुङ , युरोप संयोजक , सह संयोजक , गैरआवासीय नेपाली संघका मानार्थ सदस्य गोविन्द सुबेदी ,गैरआवासीय नेपाली संघका आईसीसीसदस्यहरु ,बेल्जियम नेदरल्याण्ड , डेनमार्क र स्वीडेनकाराष्ट्रिय समितिका अध्यक्षहरु लगायत पर्बत समाजमाआवद्द पदाधिकारी साथै अन्य क्षेत्रमा सक्रीय समाज सेविहरुको  उपस्तिथि रहेको थियो । उक्त अवसरमा पर्वत घर भई गैर आवासीय नेपालीसंघको विभिन्न पदमा निर्वाचित र मनोनित हुनु भएकाव्यक्तित्वलाई अन्तराष्ट्रिय पर्वत समाजले सम्मान गरेको थियो |

कार्यक्रम प्रमुख अथिति  लोक बहादुर थापा ज्यु र समाजका अध्यक्ष पुरन गिरीले खादा ओडाएर सम्मान गर्नु भएको थियो सम्मानित हुनेहरुमा आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, युरोप सहसंयोजक एकराज गिरि , मानार्थ सदस्य गोविन्द सुवेदी,नेदरल्याण्ड राष्ट्रिय समितिका अध्यक्ष ठाकुर प्रसाद शर्मा, स्विडेन राष्ट्रिय समितिका अध्यक्ष अर्जुन श्रेष्ठ,डेनमार्क राष्ट्रिय समितिका अध्यक्ष यमलाल सुवेदी , बेल्जियम राष्ट्रिय समितिका उपाध्यक्ष खड्क केसी , सदस्यहरु सिता केसी , र किरण पुन हुनुहुन्थ्यो |

प्रमुख अथिति  लोक बहादुर थापाज्युलेआफ्नो मन्तब्य राख्दै पर्वतमा दीर्घकालीन योजनामा लगानी गर्न एनआरएन र अन्तराष्ट्रिय पर्वत समाज संयुक्त रुपमा जानको लागि सुझाव दिएका थिए भनेअन्य बक्ताहरुले पर्वत जिल्ला भित्र मात्र सिमित नभईसमग्र नेपालको निर्माणमा लाग्न अनुरोध गर्दै संस्थाको प्रगतिको शुभकामना दिएका थिए |

कार्यक्रमको आकर्षण रहेको नेपाली राष्ट्रिय कलाकार नर बहादुर बि सि र बसन्त थापाको प्रस्तुतिले माहोल तताएको थियो उहाहरुलाई साथ् दिदै उपस्थित सबै मन खोलेर नाचेका थिए | पर्वत समाजका अध्यक्ष झलक केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन समाजका महासचिव दिपक पोख्रेल र स्वागत समाजका सदस्य अमृत पौडेलले गर्नु भएको थियो | कार्यक्रमको अन्तमा अन्तराष्ट्रिय पर्बत समाजले कार्यव्यस्तताको वावजुद कार्यक्रमलाई सफल पार्नको लागि लाग्नु हुने पर्बत समाज बेल्जियमका सम्पूर्णपरिवार लगायत समस्त अग्रज विज्ञ एवं सम्पुर्ण समाजसेविहरुलाई धन्यवाद ज्ञापन गरेको थियो।

एक करोडको परोपकारी कोषका लागि जुन ३ मालन्डनमा च्यारिटी कार्यक्रम हुने समाजले घोषणा गरेको एक करोडको परोपकारी कोषका लागि आगामी जुन ३ तारिखका दिन युकेकोलन्डनमा एक च्यारिटी कार्यक्रमको आयोजाना गरिने भएको छ |उक्त कार्यक्रम सम्पन्न गर्नका लागि समाजकाअग्रज हितकाजी गुरुङ संयोजक र जगन गुरुङ सदस्य सचिव रहेको आयोजक समिति गठन गरिएको जानकारी समितिका महासचिव गुणराज शर्माले दिनुभयो | उक्त च्यारिटी कार्यक्रममा संसार भरिका पर्वत समाजका अभियान्ता , अग्रज लगायतको उपस्थिति रहने विस्वास गरिएको छ |