शिवराज शर्मा, पर्वत ।कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले शिक्षा क्षेत्रमा देखिएको भष्ट्राचार रोक्न सकेमात्र नगरको विकासले गति लिने बताएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको सुर्य प्रकाश मा.विको ३८ औँ वार्षिकत्सव तथा अभिभावक दिवसको अवसरमा जोशीले विकास र समृद्धको बाधकका रुपमा रहेको भष्ट्राचारलाई समाप्त पार्ने विषयमा आफु लागि परेको बताए । उनले समृद्ध नगरका लागि गुणस्तरिय शिक्षालाई जोड दिनुपर्ने धारण राख्नु राखे ।
शिक्षामा धेरै राजनितिक र आर्थिक चलखेल भएको हुने गरेको भन्दै यसको रोकथामका लागि सबैले सहयोग गर्नुपर्ने बताए । आफुले जिवनमा कहिल्यै पनि भष्ट्राचार नगरेको बताउँदै भष्ट्राचार गर्नेलाई कारवाहीको दायरमा ल्याउने दावी गर्नुभयो । देशमा बैचारिक राजनितिक द्धन्द सकिएको भन्दै विकास तर्फ सबैको ध्यान जान आवश्यक रहेको उहाँको भनाई छ ।
जोशीले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावक विच त्रिकोणत्मक सम्वन्ध हुनुपर्ने बताए ।  कार्यक्रममा कुश्मा नगरपालिका–३ दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्यले दुर्लुङका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शैक्षिक, भौतिक तथा नैतिक सहयोग गर्ने बताए ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लेखनाथ पौडेल,पुर्व प्रंधानाध्यापक कुलप्रसाद उपाध्याय बिद्यालय व्यपस्थापन समितीका सदस्य लेख वहादुर गुरुङ, दुर्लुङकोट व्यवस्थापन समितिका अध्यक्ष सुक्दार सुकवहादुर गुरुङ, नेकपा एमाले दुर्लुङका अध्यक्ष खड्का वहादुर गुरुङ, नेपाली काँग्रेस दुर्लुङका सहसंयोजक डण्डपाण्ी पाध्य , माओवादी केन्द्र दुर्लुङका अध्यक्ष भिमराज पाध्य, काफ्लचौर मा.विका प्रअ लक्ष्मण गौत्तम, शिक्षक शालिग्राम शर्मा, विद्यालयका पूर्व विद्यार्थी कुलराज पौडेल र विद्यार्थी दुर्गादेवी पौडेलले लगायतले वोल्नुभएको थियो ।
विद्यालयमा वार्षिकत्सवको अवसरमा विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । वि.स २०३७ सालमा स्थापना भएको विद्यालयमा १ सय ९६ जना विद्यार्थी अध्ययनरत छन् । बार्षिक उत्सवमा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने बिद्यार्थी,बिद्यालयलाई योगदान पु¥याउने शिक्षक,अभिभावकलाई सम्मान गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लेखनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको बार्षिक उत्सव कार्यक्रमको संचालन शिक्षक यादव बास्तोलाले गर्नुभएको थियो ।