Home Flash News विहानै काठमाडौंको मैतीदेवीमा भिषण बस दुर्घटना

विहानै काठमाडौंको मैतीदेवीमा भिषण बस दुर्घटना

११ पुष

काठमाडौं । काठमाडौंको मैतीदेवीमा मंगलबार बिहान भिषण बस बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन्। कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजुलीको पोलमा ठोक्किएको थियो ।

बोहोराका अनुसार घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ। घाइतेमध्ये ३ जना गम्भीर छन्। घाइते अधिकांश कालिमाटीमा तरकारी बेच्न हिँडेकाहरू रहेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेजका आधारमा दुर्घटना मंगलबार बिहान सबा ३ बजे घटेको प्रहरीले जनाएको छ। तीब्र गतिमा रहेको बस चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। चालक भने फरार छन्। बिजुलीको ट्रान्सफर्मर रहेको पोलमा बस ठोक्किएको थियो भने पोलले बसलाई थिचेको छ।