४ पुस

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरु राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय प्रणालीका आधारमा हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।

सांसद यादवले भने – ‘राष्ट्रियसभालाई समावेशी बनाउनुपर्छ, यसका लागि एकल संक्रमणीय निर्वाचन प्रणालीमा जानु राम्रो हुन्छ भन्ने हाम्रो धारणा छ ।’

अहिले संविधानको धारालाई लिएर विवाद गर्नेहरुले हिजै संविधान बनाउने बेलामा विचार गर्नुपथ्र्यो भन्ने यादवको धारणा छ । उनले कांग्रेस र एमालेतिर लक्षित गर्दै भने – ‘हिजो संविधान बनाउने बेलामा विचारै गरेनन् ।’

तर, ‘राष्ट्रियसभाको निर्वाचन संघीय कानूनअनुसार हुनेछ’ भनेर संविधानमा स्पष्ट उल्लेख गरिएकाले एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको कानून बनाउन संविधानले कुनै बाधा नगर्ने नेता यादवले  बताए ।