रोट्याक्ट नेपालको आयोजना र रोट्याक्ट क्लव अफ पर्वत र पोखरा लेकसाइडकोको आतिथ्यतामा पर्वतमा जोनल स्तरीय रोटा क्वीज प्रतियोगिता सम्पन्न गरेको छ । रोट्याक्ट क्लव अफ पर्वतको संयोजनमा भएको उक्त प्रतियोगितामा रोट्याक्ट क्लव अफ पर्वतले नै प्रथम स्थान हासिल गरेको छ ।
रोट्र्याक्ट क्लव अफ पर्बतका पुर्व अध्यक्ष सन्तोष पौडेलको स्मृतिमा रोट्याक्ट नेपालले सन्तोष पौडेल रोटा क्वीज हरेक बर्ष सञ्चालन गर्ने घोषणा गरेको थियो । पौडेलको दुर्घटनामा देहवसान सँगै सोही बर्ष नेपालका ११८ भन्दा बढी रोट्याक्ट क्लव मध्ये उत्कृष्ठ क्लवका रुपमा उनी अध्यक्ष रहेको रोट्याक्ट क्लव अफ पर्वत घोषणा भएका कारण त्यसैलाई स्मरण गर्दै रोट्याक्ट नेपालले हरेक बर्ष क्वीज प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको थियो ।
यस बर्षको उपाधि सँगै रोट्याक्ट क्लव अफ पर्वतले लगातार तीन बर्ष क्वीज प्रतियोगिताको जोनल उपाधि हात पारेर ह्याट्रिक गर्न सफल भएको छ भने रास्टृय स्तरमा 2015 मा प्रथम 2016 मा दोस्रो स्थान पर्बतलेनै हात पारेको थियो भने अब Districh Confrance (डिस्टृक्ट कन्फेरेन्स) हुने बर्स 2017-18 को फाइनल राउन्ड को उपाधी कसले लिने हो हेर्न बाकिनै छ, त्यो पनि हामिले ल्याउने दाबी गर्दै रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।
आयोजित कार्यक्रमको उद्घाटन रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लव हमालले गरेका थिए । प्रतियोगितामा रोट्याक्ट क्लव जोन फोर अन्तरगतका बागलुङ, कास्की लगायत विभिन्न जिल्लाका १२ वटा क्लव सहभागी भएका थिए । प्रतियोगितामा रोट्याक्ट क्लव अफ मणिपालको समुह द्धितीय भएका थिए । रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोट्याक्ट डिष्ट्रिकको तर्फबाट अच्युत तिवारी, रोटरी डिष्ट्रिकको तर्फबाट गोपी अधिकारी, आदर्श अंग्रेजी आवासीय माविका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्री, सन्तोष मेमोरियल फाउण्डेसनका अध्यक्ष नारायण पौडेल, जोन फोरका जेडआरआर दिपेन्द्र घिमिरे, नेपाल पत्रकार महासंघका सचिव गणेश गिरी लगायतले बोलेका थिए ।
स्वागत मन्तव्य रोट्याक्ट क्लव अफ पोखरा लेखसाइडका अध्यक्ष सुवास मल्लले गरेका थिए भने सञ्चालन रोट्याक्ट क्लव अफ पर्वतका सचिव अमृत पोख्रेलले गरेका थिए ।
सोहिक्रममा जोन फोरको नया नेतृत्व पनि चयन गरिएको छ, रोटा बर्स 2018/19 को जेड आर आर को लागि रोट्र्याक्ट क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष रो. सुबास मल्ल सर्बसम्मत रुपमा निर्बाचित हुनुभएको छ ।