साजन परियार
२९ शुक्रवार, पर्वत नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङले आफु चुनावमा पराजित भएपनि जनताको मन जितेको बताउनु भएको छ । पर्वतको मोदी गाउँपालिका–६ गिज्यानमा अनमोल युवा क्लवको २० औँ वार्षिकत्सव,खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गदै नेता गुरुङले प्रजातन्त्रमा जित र हार स्वाभाविक भएको बताउँदै निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि परिणामलाई स्वीकार गरी जनताको सेवा र जिल्लाको विकासका लागि निरन्तर खटिने बताउनु भयो ।

गुरुङले आफुलाई मत दिने मतदाताहरुलाई धन्यवाद दिदै पर्वत जिल्लालाई देशकै नमुना जिल्ला बनाउने आफ्नो सपना रहेको भन्दै जिल्लाको विकास र समृद्धिमा जोड दिनुभयो ।

कार्यक्रममा मोदी गाउँपालिका–६ गिज्याङका वडा सदस्य लक्ष्येवहादुर केसी, नेपाली काँग्रेस गिज्याङका सभापति गजेन्द्र मल्ल, नेपाल दलित संघका नेता मिनवहादुर वस्याल लगायतले बोल्नुभएको थियो ।

अनमोल युवा क्लवका अध्यक्ष अन्तिम नेपालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस पर्वत क्षेत्र नम्वर १ का क्षेत्रिय सदस्य रामवहादुर थापा र कार्यक्रमको सञ्चालन युवा समाजसेवी रविन्द्र मल्लले गर्नुभएको थियो ।