२९ मंसीर

प्रदेश ४ मा पनि वाम गठबन्धनको दुई तिहाई बहुमत पुगेको छ । यहाँ जनमोर्चा पनि वाम गठबन्धनमा सहभागी छ ।

यो प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ गरी ६० सदस्यीय प्रदेशसभा गठन हुनेछ । सामान्य बहुमतका लागि ३१ सिट चाहिन्छ भने दुई तिहाईका लागि ४१ सिट आवश्यक छ ।

प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकमा १० सिट पाउने भएको छ । प्रत्यक्षमा ९ सिट जितेको माओवादीले ३ र प्रत्यक्षमा २ सिट जितेको जनमोर्चाले समानुपातिकमा एक सिट पाउने भएको छ । तीन दलको ४२ सिट हुनेछ ।

प्रत्यक्षमा ६ सिट जितेको कांग्रेसले समाुपातिकमा ९ सिट पाएको छ । नयाँ शक्तिको भने प्रत्यक्ष र समानुपातिकमा १–१ सिट हुने भएको छ ।

प्रदेशसभामा दिपक मनाङ्गे पनि हुनेछन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए तर एमालेको समर्थनमा चुनाव जितेका छन् ।