१८ मंसीर
मोदी गाँउपालिका वडा नं. ५ धमिलापानीका २२ जना नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेका कलाधर चपाई, भिम लामिछाने विष्णु पौडेल, कल्पना पौडेल, वावुराम चपाई,विक्रम चपाई, सरस्वती परियार लगायत २२ जना रहेका छन् ।
नव प्रवेशीहरुले वाजुङ्ग गाँउ कार्य समितिका सभापति मन वहादुर अधिकारीले खादा अविर लगाएर स्वागत गर्नु भएको थियो । नवप्रवेशीहरुले आँफू जन्मसिद्ध नेकपा एमालेमा आवद्ध भएता पनि हाल आएर एमाले सत्ताको लागि वाम गठवन्धन गरी लोकतन्त्र समाप्त पार्न खोजेको, झुठ्ठा आव्वासन वाँडने तर जनताको काम नगरेकाले सच्चा लोकतन्त्रवादी पार्टी नै नेपाली कांग्रेस भएकाले एमाले परित्याग गरी विनाशर्त नेपाली कांग्रेसमा प्रवेश गरेको वताएका छन् ।
यसै विच केही दिन पहिले भ्रममा पारी नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको भ्रम फिजाईएका नेपाली कांग्रेसका क्रियाशिल सदस्य पर्वत जिल्ला, मोदी गाउपालिका, वडा नं. ५ निवासी तेज प्रसाद सुवेदीले एक प्रेस विज्ञप्ती प्रकाशित गरी आँफूले नेपाल कांग्रेस परित्याग नगरेको स्पष्ट पार्नु भएको छ । सवै पार्टीको धारणा सुन्न र वुझ्न चाहने भएकाले आँफू नेकपा एमालेको कोणसभा भएका दिन कार्यक्रम स्थलवाट टाढै वसी भाषण मात्र सुनेको तर नेकपा एमालेमा प्रवेश नगरेको स्पष्ट पार्दै सुवेदीले एउटा पार्टीको इमान्दार कार्यकर्ताको नैतिकता माथि जाई लागी वदमान गराउने एमालेको झुठ्ठा हर्कदवाट उसको वास्तविक चरित्र उदांगो भएको वताउदै सवैलाई सतर्क रहन आह्वान गर्नु भएको छ । उहाँले विज्ञप्ती मार्फत आँफू २०४६ साल देखि अविचलित कांग्रेसमा रहेको र सदा सदा कांग्रेसमा नै रहने वताउनु भएको छ ।
लामो समय नेकपा एमालेमा क्रियाशिल दर्जनौ व्यक्तिहरु पार्टी प्रवेशसंगै एमालेमा प्रवेश गरेको हल्ला फिजाईएका व्यक्तिहरु कांग्रेसमा नै प्रतिवद्ध रहनुले वाजुङमा कांग्रेसको पकडमा सुधार हुँदै आएको छ ।








