१० मंसीर
पर्वत मानविय सेवामा कृयाशिल लायन्स क्लव अफ कुश्मा सीटी पर्वतले एक समारोहका विच सहयोग हस्तानतरण गरेका छ । जापानमा रहेका पांच वटा लायन्स क्लवहरुले लायन्स उषा भण्डारी र ठाकूर पौडेलको पहलमा लायन्स क्लव अफ कूश्मा सीटीलाई पर्वत तथा छिमेकी जिल्लाका दुर्गम वस्तीहरुका सामूदायिक विद्यालयहरुमा शैक्षिक सामग्री खासगरी कम्प्यूटर,प्रिन्टर,प्रोजेक्टर सहयोग गर्नका लागी रकम उपलव्ध गराएका थिए । प्रविधिको माध्यम वाट गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी सहयोग पु-याउने उद्धेश्यले रु १० लाख ४८ हजार ५ सय ४८ रुपैया प्राप्त भएको छ । सो रकम मध्ये १ लाख ८० हजार रुपैया कास्की पोखराका दुर्गममा रहेका सामूदायिक विद्यालयमा थोरै भए पनि सहयोग पूगोस भन्ने उद्धेश्यले लायन्स क्लव अफ पोखरा विन्धावासीनीलाई हस्तान्तरण गरेको हो ।
नेपालका दुर्गममा रहेका सामूदायिक विद्यालयहरुमा आर्थीक अभावका कारण प्राविधिक शिक्षा दिन नसकेका विद्यालयहरुमा सहयोग गर्नका लागी लायन्स क्लव अफ कूश्मा सीटिले पहल गरेको हो । उक्त रकम लायन्स क्लव अफ पोखरा चौतारी विन्धावासीनीले समूदायमा गएर छनौट गरेका सामूदायिक विद्यालयहरुमा कम्प्यूटर,प्रोजेक्टर लगायतका सामग्री खरिद गरि हस्तान्तरण गर्ने छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा डिस्ट्कि एडभाईजर वसन्त कूमार कर्माचार्य,जि एम टि कोअर्डिनेटर काशी कूमार जोशी,पोखरा चौतारिका अध्यक्ष सूरेश श्रेष्ठ, लायन्स क्लव अफ शिवालयका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,लायन्स क्लव अफ मोदीकालीका अध्यक्ष राजन जोशी,लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पूरुषेत्तम आचार्य,लायन्स क्लव अफ कूश्मा सिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारी,पूर्व अध्यक्ष वविता कर्मचार्य,अजिता शर्मा,चित्रकला भारती लगायतले जापानका लायन्स क्वलले सहयोग गरेको रकमलाई समूदायमा सहि तरिकाले परिचालन गर्न र उपयोग गर्नका लागी सूझाव दिएका थिए । समूदाय स्तरमा चूनावी कार्यक्रम सम्पन्न भए पछि हस्तान्तरण गर्ने समेत जानकारी दिए ।
उक्त कार्यक्रमको संचालन लायन्स मूना शर्मा लामिछाने,ध्वजाको अभिवादन लायन्स सरस्वती वस्नेत, लायन्स क्लव अफ कुश्मा सीटीका अध्यक्ष रीता के सी भण्डारीको अध्यक्षतामा संपन्न भएको थियो ।








