१० मंसीर
पर्वत, –पर्वतको जलजला गाउँपालिका वडा नं ८ मा ठुलो संख्यामा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बामगठबन्धनप्रति तिब्र असन्तुष्टि जनाउदै एमाले र माओबादीका ७९ जना कार्यकर्ता प्रवेश गरेका छन् । जलजला गाउँपालिकाको वांसखर्क,र नाग्लीवाङ्ग बाट यति ठुलो संख्यामा एमाले र माओबादी कार्यकर्ताले पार्टी छाडेका हुन ।

एमाले र माओबादी छाडेकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशी, पर्वत क प्रदेशतर्फका उम्मेदवार नवराज गुरुङ, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार लालकाजी गुरुङ, समानुपातिक प्रदेशसभाका उम्मेदवार ललितकला गुरुङ, नेपाली काँग्रेसका पूर्व सांसद,मूख्य सचिव ऋषिकेश तिवारी,वडा अध्यक्ष हरीकिास जिसी लगायत काँग्रेस नेताहरुले नेपाली काँग्रेसमा प्रवेश गराएका हुन ।

प्रवेश गर्नेहरु त्रिशूल पून,किसान पूर्जा,रुद्र व विक,भिम शर्मा,वुद्धि व परियार,कमल जि।सी,रुद्र व थापा,राम प्र आचार्य,राम व परियार,भरत जिसी प्रेम रोका,विष्णु खत्री धुर्व दर्जी,विष्णु खत्री,गुमा परियार लगायत रहेका छन्  ।

प्रवेश गरेकाहरुले अवको निकास र विकास भनेकै नेपाली काँग्रेसले गर्ने भन्दै यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अत्यधिक मतले नेपाली काँग्रेसलाई जिताउने प्रतिबद्धता जनाएका थिए ।

जलजला गाउपालिको नाग्लिवाडमा विशाल आमसभामा नाग्लीवाड निवासी सवै मतदाताहरुको उपस्थिति रहेको सभालाई नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार अर्जुन प्रसाद जोशीले सम्वोधन गर्दै जनताको सूख दुखमा साथ दिने पाटी नेपाली कांग्रस हो । नेपाली कांग्रेसले शूरु गरेका विकासका पूर्वाधारहरुलाई पूरा गर्न तथा अहिले खोलिएका कच्चि धुले सडकलाई कालो पत्रे वनाउनका लागी हामीहरुको उम्मेदवारी हो तपाईहरुले विश्वास गर्नुहोस अवको पांच वर्षमा पर्वतका मूख्य मूख्य सडकहरु कालोपत्रे गरेरै छाड्ने प्रतिवद्धता जनाउनू भयो । उहांले एक फरक प्रसंगमा प्रदेशमा नवराज गूरुड,केन्द्रमा म स्थानिय गाउपालिकामा यूवा नेताहरु रामकृष्ण मल्ल,सीमा पून वडामा हरी विकास जिसी भएकाले विकासको काम गर्ने एउटा च्यानल नै वन्नेछ त्यसकारण यहाहरु विकासका लागी ढुक्क हून आग्रह गर्दै रुख चिन्नहमा मतदान गर्न आहन गर्नुभयो ।

त्यस्तै प्रदेश क क्षेत्र न १ का उम्मेदवार नवराज गूरुडले धर्म संस्कृती जोगाउने,विकास गर्ने,स्वतन्त्रता पूर्वक आपना कार्यहरु गर्न पाउने पार्टी नेपाली कांग्रेस भएकाले सवै चारतारे झण्डामूनी गोलवन्द भई नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नु भयो । अहिले पर्वतका सवै नेताहरु अभूतपूर्व मिलन भएकाले नेपाली कांग्रेसको जित सूनिश्चीत भएको धारणा राख्नू भयो । केन्द्रमा काम गर्ने अर्जुन जोशी,प्रदेशमा काम गर्ने म र स्थानिय निकायमा काम गर्ने हाम्रा यूवा नेताहरु निर्वाचित भएका छन् भन्दै विकासको आधिवेहरी ल्याउने अवसर भएकाले नेपाली कांग्रेसले जित्न जरुरी छ भन्नूभयो ।

उक्त चूनावी सभालाई सम्वोधन समानूपातीक उम्मेदवार लालकाजी गूरुड,ललीतकला गुरुड,पूर्व सांसद तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिकेश तिवारी,महासमिति सदस्य वसन्त वहादुर सिके,उपसभापती दुर्गा वहादुर खत्री,चूनाव प्रचार प्रसार समितिका संयोजक तथा जिल्ला सचिव विश्व प्रकास प्रसाई,राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य रण वहादुर क्षेत्री,कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशी,कांग्रेस नेता रामशर्मा पौडेल,जलजला गाउपालिकाका अध्यक्ष रामकृष्ण मल्ल,जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा जिज्ञाशू,वडा अध्यक्ष हरी विकास जिसी,गंगे दमै लगायतले नेपाली कांग्रेसको चूनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता वडा सभापती राम प्रसाद खत्री,स्वागत सचिव भद्र वहादुर जिसी र संचालन कार्य समिति सदस्य रमेश रेग्मीले गर्नुभएको थियो ।

हिजो नै वांसखर्क र नाग्लीवाडको आमसभालाई नेताहरुले सम्मवेधन गरेको कूरा प्रेस यूनियन पर्वतका सचिव उत्तम प्रसाद अधिकारीले जानकारी दिए आज वनौ र क्याड मा घरदैलो तथा कोणसभा गर्ने कार्यक्रम रहेको छ ।