६ मंसीर
चितवन । पुत्र शोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले बम विष्फोटका घाइतेलाई भेटेका छन् ।
मंगलबार साँझ चितवन मेडिकल कलेज पुगेर अध्यक्ष दाहालले रौतहटमा भएको बम विष्फोटका घाइते सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।
मंसिर ४ गते अज्ञात समूहको आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको १४ र १५ नम्बर बेडमा उपचार भइरहेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल अस्पताल पुगेपछि सर्वसाधारणले प्रचण्डप्रति सहानुभूति व्यक्त गरे । छोराकाे निधनले विक्षिप्त दाहाल घाइते भेट्न पुग्दा आफन्तहरुले सम्मान प्रकट गरे ।








