५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ ।
मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो
लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए ।
तर, खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयबहादुर चन्दले बताए ।
फोन गरेर बम राखिएको जानकारी दिने व्यक्तिको प्रहरीले खोजी सुरु जनाइएको छ ।








