पर्वत-आगमी मंसिर २१ गते हुन लागको प्रदेस सभा र प्रतिनिधी सभाको निर्वाचनलाई आफ्नो पक्षमा पार्न नेपाली काँग्रेस पर्वत जनताको घरघरमा पुगेर मत माग्न थालेको छ । पर्वत क्षेत्र नम्वर २ को चुनावी कोण सभा तथा घरदैलो कार्यक्रम शुक्रवार महाशिला गाउँपालिका अन्र्तगत भोक्सिङ,बालाकोट र होश्राङदीमा आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गदै नेपाली काँग्रेस पर्वतका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले  अवको गन्तव्य आर्थिक विकास र समृद्धि भएको बताउनु भएको छ । उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धननको जित आवश्यक रहेको दावी गर्नुभयो ।

बामगठबन्धनले मुलुकमा अधिनायकवाद  भित्राउन खोजेको बताउँदै सबै क्षेत्रको विकास र उत्थानका लागि  लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । पर्वत जिल्लाको बृहत्तर विकास गरी पर्यटनका माध्यमवाट जिल्लाको मात्र नभई समग्र देशकोै आर्थिक विकास गर्ने उहाँले उद्घोष गर्नुभयो ।

क्षेत्र नम्वर २ नेतृत्व अभावका कारण पछाडी परेको बताउँदे आफ्नो उम्मेदवारी सँगै विकासको तिव्र गतिमा अगडी बढ्ने दावी गर्नुभयो । नेता जोशीले पर्वत जिल्लाको विकास र समृद्धि चाहानुहुन्छ भने, रुख चिन्हमा मतदात गर्ने सबैलाई आग्रह गर्नुभयो ।  नै आफ्नो मुख्य एजेण्डा भएको बताउनु भएको छ ।

उहाँले निर्वाचन सँगै मुलुक आर्थिक विकासको पक्षमा अगडी बढेको बताउँनु भयो ।

कार्यक्रममा प्रदेस सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले अवको पालो देसको विकास र समृद्धि भएका बताउनु भयो । उहाँले आफुले जित सँगै क्षेत्र नम्वर २ लाई मुलुकै नमुना निर्वाचन क्षेत्र बनाउने उद्घोष गर्नुभयो ।

नेता तिवारीले यस क्षेत्रको विकासका लागि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विकासका पूर्वाधारमा चासो देखाउँदै पर्वतवासी जनताको समस्या र पीडामा साथी बनेर काम गर्ने दावी गर्नुभयो । उहाँले नेतृत्व अभावका कारण क्षेत्र नम्वर २ सधै पछाडी परेको बताउँदै आफ्नो उम्मेदवारी सँगै गाउँगाउँमा विकासका मुल फुटाउने प्रतिवद्धवता व्यक्त गर्नुभयो । उहाँले रुख चिन्हमा मतदान गरि नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन पर्वतवासी सँग आग्रह गर्नुभयो ।

कार्यक्रममा महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, महाधिवेशन प्रतिनिधी मोहन गुरुङ,नेपाली काँग्रेस पर्वतका सदस्य आनन्द भुषाल, महाशिला गाउँपालिका अध्यक्ष पदका प्रत्याशी उज्जल गुरुङ, पूर्वमहाधिवेशन प्रतिनिधी गिरीराज गौत्तम, एकनारायण न्यौपाने,रेखा गुरुङ, महाशिला गाउँपालिका उपाध्यक्ष पदका प्रत्यशी सृजना हमाल लगायतले बोल्नुभएको थियो ।

यता,नेकपा एमाले निकट युवा संघ थापाठानाका पूर्व अध्यक्ष तथा आसन्न निर्वाचनको निर्वाचन परिचालन समिति थापाठानाका संयोजक पदमबहादुर थापा एमाले पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । थापालाई काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार अर्जुनप्रसाद जोशी र प्रदेशसभा पर्वत क्षेत्र नं २ का उमेदवार राजेन्द्रप्रसाद तिवारीले काँग्रेसको सदस्यता प्रदान गर्नुभएको थियो ।