१९ कार्तिक

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले  चावहिलबाट चुनावी अभियान शुरुवात गरेका छन्। यस भन्दा अघिल्लो चुनाबमा पनि सोही निर्वाचन क्षेत्रबाट भारी मतका साथ बिजयी उम्मेदवार गगन थापाले चार बर्षको अवधिमा आफूलाई साथ दिने सम्पूर्णलाई धन्यवाद दिंदै चुनावी अभियान शुरु गरेका हुन्।

उनीसँग प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम बैद्य र साधुराम खड्का उनीसँगै चुनावी अभियानमा जुटेका छन्। चुनावीसभामा गगन थापाले आफूले चार वर्षमा गरेका कामहरु र प्रयासहरुको बर्णन गरे।

काठमाडौं क्षेत्र नं. ४ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले आज चावहिलको चुनावी सभामा गरेको भाषण सुनौं:

https://youtu.be/f2M8NhSpQ3c