१३ कार्तिक रसुवा। चुनावको मिति नजिकिदै गर्दा ध्रुविकरण व्यापक बन्दै गएको छ। विभिन्न पार्टीमा कार्यकर्ताहरु आफ्नो पार्टी छोड्दै विचार मिल्ने पार्टीको छाताभित्र समेटिने क्रम पनि वढेको छ।

यसैक्रममा पछिल्लो वामगठवन्धनको चर्चा जति छ त्यतिकै सो गठवन्धनसँग असन्तुष्टहरु आफू सम्वन्धित पार्टी छोड्ने क्रम पनि बढिरहेको छ।

गठवन्धनबाट केन्द्रीय नेतृत्वले सत्ताको रोटी सेके पनि आफूहरु भने त्यसबाट लाभान्वित हुन  नसक्ने बुझाइ राख्ने धेरै नेता कार्यकर्ताहरु निष्क्रिय रहेका छन् कि पार्टी छोडेर अर्को पार्टीमा समाहित हुन थालेकाछन्।

नेकपा एमाले र माओवादीका धेरै नेता कार्यकर्ताहरु यसरी पार्टी छोड्नेमा रहेका छन् ।

यसैबीच रसुवाको नेकपा एमाले कालिका गाउँपालिकामा पनि एमालेका एक स्थानिय नेताले एमाले परित्याग गरेका छन्।

कालिका गाउँपालिका वडा न ४ मा स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार भएका बिष्णु बहादुर तामाङ नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका हुन्।

तामाङलाई नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा उमेद्वार भएका मोहन आचार्यले पार्टी भित्र्याए। तामाङलाई काँग्रेस उमेद्वार आचार्यले मात्र पार्टी  भित्र्याएनन। आचार्यसँगै रसुवाको प्रदेश सभा २ मा उमेद्वार रहेका नायाँ शक्तिका उमेद्वार प्रेम तामाङले पनि स्वागत गरे।

पार्टी प्रवेशपछि बिष्णु बहादुर तामाङले नेपाली कााग्रेस र गठवन्धनलाई जिताउन आफू र आफ्ना समर्थकहरु लागि पर्ने बताए।