२८ असोज, पर्बत डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदी – ६ डिमुवाको दोश्रो बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाका अध्यक्ष रुद्र प्रसाद पौडेलले बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष रामचन्द्र सुबेदीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सोहि अबसरमा गत आर्थिक बर्षमा उत्कृष्ट दैनिक बचत कर्ता शिब राम सुबेदी, उत्कृष्ट मासिक बचत कर्ता प्रेम बहादुर लामिछाने र असल ऋणी बागमती क्षेत्री लामिछानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा, मोदी गाउँ पालिका अध्यक्ष प्रेम प्रसाद पौडेल, धनेश्वरी सहकारी कुस्माका अध्यक्ष नबराज गिरी, पंचासे सिद्ध बाबा आवासीय बिद्यालय का प्रिन्सिपल भोलाराज सुबेदी, कतार सेवा समाजका निबर्तमान अध्यक्ष दिपेन्द्र जंग लामिछाने, पंचासे यातायात प्रालि का अध्यक्ष सुरेश भण्डारी, समाजसेवी नन्दलाल भण्डारी, रतन लम्साल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

साधारण सभाको उद्घाटन कार्यक्रममा सहभागीहरुलाई स्वागत कार्य समितिका सदस्य हरि प्रसाद चपाई र संचालन कोषाध्यक्ष राम चन्द्र सुबेदीले गर्नु भएको थियो । शेयर सदस्य संख्या ९१ रहेको उक्त सहकारीमा कुल शेयर पूंजी ५० लाख ७५ हजार र नियमित बचतकर्ता ३५५ जना रहेका छन ।