तस्बिर :- सौजन्य ट्राफिक प्रहरी कार्यलय मनाङ
२३ असोज लमजुङबाट मनाङ जादैँ गरेको ग १ ज ६०३४ नम्बरको जिप आईतबार साझँ मनाङको नासोङ गापाको तालबजारमा दुर्घटना हुदा एक इजरायली नागरिकको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।मृत्यु हुनेमा मनाङ घुम्न आएका २६ बर्षीय विदेशी पर्यटक इजरायली नागरिक एवियारज विरिड (aviyashar vered ) को उपचारका लागी लमजुङ स्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृर्तकको शब पोष्टमेटमका लागी काठमाडौँ लगिएको छ । घाईते हुनेहरुमा २ जना नेपालीसहित ८ जना विदेशी पर्यटकहरु रहेको जिल्ला प्रहरी कार्यलय मनाङका नायब उपरिक्षक चित्र बहादुर गुरुङले बताए ।
घाईते हरुलाई थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौँ लगिएको बताइएको छ । बेसीसहर चामे सडक खण्ड अन्तरगत तालबजारको घुम्तीमा ट्रनिङ नपुग्दा उक्त जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त जिपमा चालक सहित १२ जना रहेको र दुर्घटनापछि चालक फरार रहेको प्रहरीले बताएको छ ।








