पर्वत/ नेपाल तरुण दल पर्वतले स्थानिय पुर्नसंरचना अनुसार संगठन विस्तारमा लागेको छ । नेपाल तरुण दलको केन्द्रिय परिपत्र अनुसार पर्वततका दुई नगरपालिका र पाँच गाउँपालिकामा नेपाल तरुण दलको वडा/गाउँ/नगर स्तरिय कार्य समिति गठन तथा विस्तार गर्ने लागेको छ  ।

शुभ–दिपावली,छठ पर्व तथा नेपाल सम्वत्को अवसर पारेर गाउँ पालिका र नगरपालिकामा पुगेको तरुण दलले सबै स्थानिय तहमा संगठन विस्तार गर्ने जनाएको छ । आशन्न प्रतिनिधि सभा र पदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउने उद्देश्यले संगठन विस्तारमा लागेको संगठन विस्तार गर्न लागेको नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी‘राज’ले जानकारी दिनुभयो ।

नेपाल तरुण दल पर्वतले स्थानिय तहको निर्वाचनमा सक्रिय भूमिका खेलेको बताउँदै प्रतिनिधि सभा र पदेश सभाको निर्वाचनमा पनि सक्रिय भएर लाग्ने बताउनु भयो । यसै विच नेपाल तरुण दल पर्वतले पर्वतको महाशिला गाउँपालिकामा नेपाल तरुण दल गठन गरेको छ ।

महाशिलामा आज भएको भेलाले आषिश उच्चै ठकुरीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो समितिको उपाध्यक्षमा उमेश गुरुङ, सन्तोष भुषाल, सचिवमा ठाकुर रसाईली, सह–सचिवमा गमवहादुर बराल, कोषाध्यक्षमा राकेश मल्ल र सदस्यहरुमा तारा शर्मा, थमन राना र टिकाप्रसाद गुरुङ लगायत अन्य सदस्य रहनु भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सदस्य डिल्लीराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी‘राज’,नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव धर्मराज भुषाल, नेपाल तरुण दल पर्वतका सचिव धनवहादुर खाँड, नेपाल तरुण दल पर्वतका सदस्य सन्तोष हमाल, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय प्रतिनिधी चन्द्रवहादसर मल्ल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।