१९ असोज हरेक व्यक्ति आफ्नो नियमित पेशा, व्यवसाय या सेवामा व्यस्त हुन्छन् । तर, आफ्नो मुख्य कामबाहेक अन्य पाटोमा पनि केही न केही रुची वा बानी हुन्छ । कुनै विशेष क्षेत्रमा विश्वचर्चित केही व्यक्तिका फरक पाटो सुन्दा पक्कै रोचक लाग्न सक्छ :

बिल गेट्स तास खेल्ने
बिल गेट्सबारे विश्वका धेरै मान्छेलाई थाहा छ । उनी विश्वकै धनी व्यक्ति हुन् । माइक्रोसफ्टका संस्थापक बिल केबल व्यापारबारे मात्रै सोच्दैनन् । फुर्सदमा उनलाई तास खेल्ने रहर लाग्छ । तास खेल्नमा उनको खुबै रुची छ ।

ओप्रा विन्फ्रे नुहाउने
प्रोडक्सन हाउस ‘हाप्रो’की अध्यक्ष तथा सिइओ ओप्रा विन्फ्रे विश्वकी चर्चित महिलामा पर्छिन् । उनी कार्यक्रम संचालिका, अभिनेत्री र लेखिका पनि हुन् । ओप्रा फुर्सद मिल्नेबित्तिकै नुहाउन रुचाउँछिन् । आवश्यकताभन्दा बढी नुहाउन रुचाउने उनको अनौठो बानी हो ।

नरेन्द्र मोदी फोटो खिच्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्व राजनीतिमा चर्चित नाम हो । राजनीतिमा व्यस्त रहने मोदीको सबैभन्दा मनपर्ने अर्को रुची फोटोग्राफी हो । उनी घुमघामका क्रममा पनि फोटोहरु खिच्न रहर मान्छन् ।

जर्ज बुश पेन्टिङ गर्ने
अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुशको फरक रुचीबारे कमैलाई थाहा होला । उनी राजनीतिबाट थोरैमात्रै आराम मिल्दा पनि पेन्टिङमा रमाउन चाहन्छन् । पेन्टिङबाट बिभिन्न आकृति भर्न उनलाई मन पर्छ ।

डोनाल्ड ट्रम्प गल्फ खेल्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिबाहेक रुची राख्ने भनेको खेलमा हो । खासमा उनी गल्फ खेल्न खुब रमाइलो मान्छन् ।

वारेन बफेट गिटार बजाउने
वारेन बफेट चर्चित लगानीकर्ता तथा व्यवसायी मात्रै होइनन् । समाजसेवामा पनि उनको राम्रो छवी छ । नियमितको आफ्नो कामबाहेक वारेनको रुची संगीतमा छ । उनी फुर्सदमा गिटार बजाएर फरक रुचीमा आनन्द लिन्छन् ।

रिचर्ड ब्रानसन चंगा उँडाउने
भर्जिन एटलान्टिक कम्पनीका मालिक रिचर्ड ब्रानसनको परिचय पनि सफल व्यवसायीसँगै समाजसेवीको नाममा चर्चित छ । रिचर्डलाई भने फुर्सद मिल्दा चंगा उँडाउन रहर लाग्छ । चंगामा उनको धेरै लगाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here