१२ असोज कास्की। आगामी मंसिर २१ गते कास्कीमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ का लागि कांग्रेस कास्की १ मा १४ जनाले प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी घोषणा गरेका छन्। क्षेत्र नं १ को भण्ढारढिक मा आयोजित उमेदवारी घोषणा कार्यक्रममा पूर्व सभामुख एवम् कांग्रेस माहामन्त्री तारानाथ रानाभाट सहित , क्याप्टेन फत्ते बहादुर गुरुङ, तिलक रानाभाट, गुरु बराल लगाएतका नेताहरुले हाफ्नो उमेदवारी रहने बताएका छन।
यस्तै गरी वहालवाला कानून न्याय तथा संसदिय व्यवस्था मन्त्रि यज्ञ बहादुर थापा, सांसाद जीवन परियार, सरस्वती गुरुङ, संज्ञा पोखे्रल, गौरी सापकोटा, कृष्ण कार्की , परशुराम विक, पदमशरण रेग्मी,तारा अधिकारी र हेम बहादुर गुरुङले आफ्नो उमेदवारी घोषणा गरेका हुन।








