पर्वतं, १० असोज ः विद्युतीय संचार माद्यामहरु खुल्ने क्रम क्रमश बृद्धि हुँदै गएका बेला मंगलवार अर्को अनलाईनको शुरुवात भएको छ ।
नागरिकहरुलाई पलपलमा स्वतन्त्र, निष्पक्ष र तटस्थ रुपमा सूचना, समाचार, बिचार उपलव्ध गराउने उद्धेश्यले लोकतन्त्रअनलाईन डट.कम .आजदेखि शुभारम्भ भएको छ  ।
उक्त अनलाईनको सांसद विकास लम्सालले शुभारम्भ गरे । सो अवसरमा बोल्दै लम्सालले लोकतन्त्रलाई संस्थागत गर्नका लागि सञ्चार माद्यामको भूमिका महत्वपुर्ण रहेको बताउँदै लोकतन्त्रअनलाईन डट।कम अझै बढि शसक्त भएर लाग्नुपर्ने बिचार व्यक्त गरे। राज्यका अन्य अंगजस्तै सञ्चार जगत पनि मुलुकको विकास र समृद्धिका लागि महत्वपुर्ण रहेको बताउँदै हरेक समाचारहरु विश्वसनिय, निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिएका थिए । उनले आफुले गरेका सकारात्मक कामहरुलाइृ समेत संचार माध्यमले वंगाएको दुखेसो व्यक्त गरे । सञ्चार माद्यामले राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताउँदै लम्सालले कुनै एक पक्षको भन्दा पनि सवैले अपनत्व बोध गर्नेगरी काम गर्न समेत आग्रह गरे । आफुले गरेका कामको गाउंगाउंमा गएर तुलना गर्न समेत चुनौती दिए  ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले सञ्चार माद्यामहरुले निष्पक्ष र विश्वसनिय सामाग्रीहरु पाठक तथा स्रोतासम्म पु(याउनुपर्नेमा जोड दिए । उनले प्रहरुीले संपादन गरेका कामहरु जनताले वढिचासोका साथ हेर्ने भएकालेसत्इ तथ्य वाहीरा ल्याईदिन अनूरोध गरे ।

पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पछिल्लो समय नेपालका सञ्चार माद्यामहरुमा नकारात्मक विषयले बढि चर्चा पाउनेगरेको बताउँदै समाजलाई सकारात्मक दिशामा डो¥याउने खालका विषयबस्तुहरु बढि उजागर गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले सानो क्षेत्रमा सञ्चार माद्यामहरुको सख्ंया क्रमश बृद्धि हुँदै गएको बताउँदै सञ्चार माद्यमहरुलाई पनि विकास निर्माणको एउटा महत्वपुर्ण साधनको रुपमा हेर्न राज्यलाई आग्रह गरे ।  राजनीतिक दल, उद्योगी, व्यावसायी र खासगरी पछिल्लो समय निर्वाचित स्थानिय सरकारका प्रमुखहरुलाई विकास निर्माणका अन्य साझेदार जस्तै सञ्चार क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए  ।
नेपाल पत्रकार महासंघका सदस्य किशोर सापकोटा सम्पादक रहेको यस अनलाईनले निष्पक्ष, स्वतन्त्र र तटस्थ रुपमा नागरिकहरुलाई आफ्ना विषयबस्तुहरु पस्किने जनाएको छ ।
सम्पादक सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रवन्ध सम्पादक अर्जुन पौडेल निर्जन र संचालन लक्ष्मण सापकोटाले गरेका थिए ।

पर्वतमा यस अघि पनि एक दर्जन भन्दा बढि अनलाईन पत्रिकाहरु संचालनमा रहेका छन् । त्यसैगरी पर्वतमा एफ।एम रेडियोको संख्या पाँच पुगेको छ भने एउटा केबुल टेलिभिजन समेत प्रशारणमा रहेको छ । त्यस्तै दुईवटा दैनिक पत्रिका नियमति प्रकाशन भैरहेका छन् भने ११ वटा साप्ताहिक पत्रिका प्रकाशनमा रहेका छन् । त्यस्तै चार वटा त्रयोमासिक पत्रिका पनि प्रकाशन भैरहेका छन् ।
नेपालको चौथो सानो जिल्ला अनि साँधुरो बजार र कलकारखाना तथा उद्योगहरु समेत नगण्य अवस्थामा रहेका बेला मौलाउँदै गएका सञ्चार माद्याहरुको नियमिततामा समेत उत्तिकै चुनौती रहेको सञ्चालकहरुले बताएका छन् । नयाँ सञ्चार माद्याम थप गर्नु भन्दा पनि भैरहेकाहरुलाई गुणस्तरिय बनाउनु र त्यहाँ रहेका सञ्चारकर्मि, पत्रकार, कर्मचारीहरुको पेशागत सुरक्षामा ध्यान पु¥याउनुपर्ने कार्यक्रममा सहभागिको भनाई थियो ।
पर्वत जिल्लामा पछिल्लो समय सातवटा स्थानिय तह बनेका छन् । त्यसमध्ये अधिकांस सञ्चार माद्याम सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाबाट सञ्चालित छन् भने फलेवास नगरपालिकाबाट १ वटा रेडियो रेडियो पर्वत सञ्चालमा रहेको छ । त्यस्तै जलजला, मोदी, पैयू, विहादि र महाशिलामा अहिलेसम्म कुनैपनि सञ्चार माद्याम स्थापना भएका छैनन् ।