७ असोज गूल्मीको हाडहाडे गाउपालिकामा सौतेनी आमा २५ वर्षिय शान्त पूनले दुई छोराहरु ५ वर्षिय बिक्रम पून र ७ वर्षिय वालक विवेक पूनलाई करेन्ट लागेर मृत्यू भयो भनि हत्या गरेकी छन् ।

उनले ७ वर्षिय विवेक पूनलाई मूसा मार्ने औषधि खानामा राखेर खुवाई हत्या गरेकी तथा ५ वर्षिय विक्रम पूनलाई मूख थुनेर हत्या गरेको कूरा प्रहरी संगको वयानमा स्वीकार गरेकी छन् ।

जेठीसौताका छोराहरुले जताततै पसलमा गएर उदारो सामान ल्याएको ,आफूले लूकाएर राखेको ५ सयक रुपैया चोरेर लगेको लगायतका आरोप लगाउदै उनले त्यस दिन देखि हत्या गर्ने योजना वनाएकी थिईन ।

प्रहरी संगको वयानमा उनले जेठो छोरा विवेक लाइ विष खूवाएर र कान्छो छोरा विक्रमलाई मूख थुनेर हत्या गरि करेन्ट लागेको वहाना वनाउन एमसिवी वाट तार टुटाई शरिरमा लगाएको जिल्ला प्रहरी कार्यालय गूल्मीका प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मी संग वयान दिएकी छन् ।

उनले हत्या गरे पछि घरपछाडी लगेर करेन्ट लागेर मृत्यू भयो भनि गाउलेलाई जानकारी गराएकी थिईन । गत वर्ष कामको शिलशिलामा भारत गएको वेला जेठी श्रीमती २ वाल वच्चा छाडेर पोईल गएकी थिईन । जेठी श्रीमती पोईल गए पछि वच्चाहरु एक्लै भएकाले उनिहरुको स्याहार सूसार गर्नका लागी दोश्रो श्रीमती विवाह गरि उनि वैदेशिक रोजगारीमा गएका थिए ।
निज हत्यारा शान्त पूनलाई पुर्पक्षका लागी जिल्ला प्रहरी कार्यालय गूल्मीले थूनामा राखी कर्तव्य ज्यान मूद्दा चलाएको छ ।

https://youtu.be/K9RKxX_Rdv0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here