२ आश्विन काठमाडौं – नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ। कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।