काठमाडौं, भदौ २९

अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्ने ब्यवस्था गरिएको छ । केन्द्र र प्रदेश सांसदले दिएको मतका आधारमा सो संख्या कायम गरिएको हो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा सरकारले संसदमा पठाउन लागेको विधेयकमा दुई तहका सांसदहरुको मतभार निर्धारण गरिएको छ । मतभारअनुसार संघीय संसदको एकजना सांसदको दिएको एक मतलाई ७९ मतका रुपमा गणना गरिनेछ । प्रदेश सभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिनेछ ।

कानुन मन्त्रालयले तयार पारी मन्त्रिपरिषदमा पुगेको विधेयकको मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सय ८६ निर्धारण गरिएको हो । बिद्येयकमा प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणना गरेर निकालिएको हो ।

यसरी खस्छ ५२ हजार ७ सय ८६ मत

नयाँ संविधानअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ संघीय संसदका सदस्य रहनेछन् । प्रतिसांसद ७९ मतले हिसाब गर्दा केन्द्रीय संसदबाट राष्ट्रपति वा उपराष्ट्रपतिलाई खस्ने कुल मत २६ हजार ३ सय ८६ हुन्छ । त्यस्तै प्रदेश सभा सदस्यको मतभार ४८ ले कुल सदस्य संख्या ५५० गुणन गर्दा २६ हजार ४ सय हुन आउँछ ।

यसरी केन्द्रको २६ हजार ३ सय ८६ र प्रदेशको २६ हजार ४ सय मत जोड्दा ५२ हजार ७ सय ८६ मत पुग्छ । यही मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गणना हुने मत हो । प्रस्तावित विधेयकमा निर्धारण गरिएको मतभार निराधार छैन । पछिल्लो जनगणना अनुसार नेपालको कुल जनसंख्यालाई सांसदहरुको संख्याले भाग गरेर यो मतभार निकालिएको विधेयकका मस्यौदाकारहरुले बताएका छन् । संघीय संसद र प्रदेश सभाको मतभार ०६८ सालको जनगणनाका आधारमा निकालिएको हो ।

२ करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्यालाई संघीय संसद र प्रदेश संसदका सदस्यहरुको कुल संख्याले अलग९अलग भाग गरी त्यसबाट आउने योगफललाई पुनः एक हजारले भाग गरेर ७९ र ४८ मतभार निकालिएको हो ।

संघीय संसदको हिसाब गर्दा ७९ हजार जनसंख्या बराबर एकजना सांसद पर्न आउँछ । यही आधारमा एक सांसदको मतलाई ७९ मतभार मानिएको हो । त्यसैगरी प्रदेशसभाको एकजना सांसद बराबर ४८ हजार जनसंख्या पर्न आउँछ । सोही आधारमा प्रदेशसभाको एक सांसद बराबर ४८ मत मानिएको हो ।

प्रस्तावक र समर्थक २५/२५ सांसद

प्रस्तावित विधेयकमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्तिले २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक हुनुपर्ने प्रस्ताव गरिएको छ ।जनताटाईम्स वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here