फाईल फोटो
२७ भदौ, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मंगलवार बिहान थानपतीबाट रिडी तर्फ जाँदै गरेको ना १७ प २४८१ नम्बरको मोटर साइकल रुरु गाउँपालिका-३ पानीटंकी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रुरु गाउँपालिका ३ का २३ वर्षे राजु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते मोटरसाइकल चालकको रिडीस्थित प्रथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार रुरु-३ का २१ वर्षे इश्वरी राउत घाइते भएका छन् ।
उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुबै जना रिडीमा चलिरहेको कि्रकेट हेर्न जान लागेका थिए ।








