साजन परियार २६ भाद्र कूश्मा पर्वत गूडनेवर ईन्टरनेशनल नेपालको सहयोगमा सोर्डेक नेपालले पर्वत जिल्लामा संचालन भएको पर्वत सामूदायिक विकास परियोजनाको प्रारम्भिक रिपोटमा अनियमितता भएको आशंका देखिएको छ । समाज कल्याण परिषद काठमाडौंले प्रररम्भिक अनूसन्धानमा भ्रष्टचार भएको आशंका गरि  तीन दिने छानविन पूरा गरेरटोलि फर्किएको छ । छानविन टोलिले कार्यक्रम लागू भएका मोदि गाउपालिकाका भूकताड्ले, देउराली र फलेवास नगरपालिकाको लिमिठानामा स्थलगत छानविन सम्पन्न गरेको छ । पर्वत जिल्लामा सन् २०१२ देखी गुडनेवर ईन्टरनेशनलले,गूडनेवर नेपाललाई साझेदारी गरि कार्यक्रम संचालन गरेको थियो । उक्त समयमा पर्वत जिल्लाका साविक भंगरा,लिमिठाना,देउराली,क्याङ्ग,भूकताङ्गले लगायतका गा.वि.स.का विद्यालयहरुमा १३२० वालवालिकाहरुलाई सेवा पूयाउने गरि कार्यगरेको वताएको छ ।

उक्त कार्य गर्दा कृषि,पशू,वालवालिका,स्वास्थ्य सरसफाई,कफि लगायतका क्षेत्रमा काम गरेको जनाएको छ । त्यस अवधिमा कार्य गर्दा वालवालिका लाई स्कलरसिपको नाममा आएको रकमको संवन्धित विद्यार्थीलाई प्राप्त रकम उपलव्ध नगराएको,कफि सहकारी दर्ता गरि अलपत्र छाडेको,कार्यक्रम संझौता गरि किसानलाई संझौता अनूसारको रकम उपलव्ध नगराएको,हाल सोर्डेक नेपाल मार्फत संचालन गरेको कार्यक्रममा पनि रकम हिनामिना गरेको,राजनैतिक पूर्वाग्रहको आधारमा सेवा प्रवाह गरेको, आदी विषयमा भ्रष्टचार गरेको,मनोशिक्षाको नाममा वालवालिकालाई क्रिश्चीयन तर्फ मोडेको आरोपमा छानविन शूरु गरेको थियो ।

दोश्रो चरणमा स्थानिय साझेदार संस्था छनौट गर्दा गूडनेवर ईन्टरनेशनलले निवेदन गर्ने कूनै साझेदार निकायलाई के कति आधारमा सोर्डैक छनौट भयो,कसरी छनौट भयो कूनै जानकारी नदिई गूपचूप राखेको थियो । त्यसको जानकारी तत्कालीन जिल्ला विकास समिति वाट संझौता भए पछि मात्र निवेदन  गर्ने संस्थारुले जानकारी पाएका थिए । सार्वाजनिक खरिद ऐनले कूनै पनि प्रकृयामा जांदा सार्वाजनिक सूचना निकाले पछि के कति सफल भए के कति के कारणले सफल हून सकेनन् संवन्धित निवेदन गर्ने निकायलाई पत्र द्धारा वा सार्वाजनिक संचारको माध्यम वाट जानकारी दिनू पर्दछ तर गूडनेवर ईन्टरनेशनलले कूनै प्रकृया नपनाई निवेदन लिएको ९० दिन पारगरिसकेपछि संस्था छनौट गरि कार्यक्रम अगाडी वढाएको देखिन्छ । निवेदन गर्ने संस्थाहरुले व्यापक ध्यनआकर्षण गराउदा पनि नटेरेको गूडनेवर ईन्टरनेशनलले तत्कालिन जिल्ला विकास समितकिा प्रमूखको अध्यक्षतामा वैठक वसि संवन्धित निवेदन गर्ने संस्था र गुडनेवरका प्रतिनिधिको रोहवरमा सूचनाको हकको वारेमा निर्णय गरेको देखिन्छ । त्यसको प्रतिलिपि संवन्धित निकाय गूडनेवरमा पठाईएको थियो । गुडनेवरले सवै सूचना उपलव्ध नगराए सम्म कार्यक्रम अगाडी नवढाउने निर्णय भएको निर्णयको कपि सवैको अनलाईन लाई प्राप्त भएको छ । र तत्कालिन स्थानिय विकास अधिकारी यूवराज पौडेलले गुडनेवर ईन्टरनेशनललाई पत्र लेख्दै प्रकृया सच्चाउन आग्रह गरेका थिए । उक्त सहमती वा जानकारी नगराउने अवधि सम्म कार्यक्रम स्थगन गर्नु भन्ने पत्र लेखेका थिए तर उक्त पत्रलाई समेत कूनै वास्ता नगरि कार्यक्रम एकलौटी ढंग वाट अगाडी वढाएको देखिन्छ ।

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघले संस्था छनौटको विषय पारदर्शि वनाउन प-र्यो । के कति आधारमा कति कति नम्वर प्राप्त गरेर छनौट भए, छनौट हुने संस्था र नहुने के कति आधारमा छनौट हून सकेनन् स्पष्ट जानकारी दिन संवन्धित निकाय जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,समाज कल्याण परिषद र सूचना आयोगमा निवेदन गरेको थियो ।  विधि र पद्धतिको वारेमा वाकलत गरेको थियो ।

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका सचिव उत्तम अधिकारीले भने निवेदन दिए पछि संस्था छनौट हूने कार्यक्रम पाउने एक,दुई वटा संस्थाले हो जसले पाए पनि कूनै दूविधा छैन तर पद्धति र विधि त चाहियो नि, अनि समयमा सफल हुने संस्था र असफल हुने संस्थालाई जानकारी गराउनू पर्यो । यदि पारदर्शि र सूशासनको कूरा गर्ने हरुले यो आवाज उठाउदा किन उत्तर दिन सकिरहेका छैनान् त्यो वुभ्न सकिरहेका छैन । उनले थपे कार्यक्रम पाएका स्थानिय संस्था संग हाम्रो कूनै गूनासो वा दुखेसो छैन,आखिर जस्ले पाए पनि एक,दूई वटाले हो कार्यक्रम पाउने निवेदन दिएका सवैले पाउने हैनान् र फेरी हामीले पाएनौ भनेर निवेदन गरेका कदापि हाईनौ हामीले छनौट गर्ने विधि र पद्धतिको मात्र कूरा गरेका हौं तर यहां हामीहरुलाई उल्टो कार्यक्रम नपाए पछि निवेदन दिएको भन्ने आरोप लगाएको सून्नमा आएको छ त्यो सरासर झूटो हो । कार्यक्रम पाउने संस्थालाई हामीले के सहयोग गर्न पर्दछ खूलेर सहयोग गर्न तयार छौ तर विधि र पद्धति मिच्नेका लागी सवै एकैठाउमा हून जरुरी छ । यदि पारदर्शि थियो भने तत्कालिन जिल्ला विकास समितिमा गुडनेवर ईन्टरनेशनलका क्षेत्रिय कार्यक्रम संयोजक शंकर सूवेदी,जिल्ला विकास समिति र निवेदन कर्ता संस्था विच भएको निर्णयलाई किन लागू गरेन त्यहि नेर शंका लागेको छ भन्दै उनले अव छानविनमा गएको छ त्यस वाट आउने सत्य तथ्य रिपोर्ट वाहिरा ल्याएमा हामी सहयोग गर्न तयार रहेको जानकारी दिए ।

त्यसै गरिलोकतान्त्रिक गैररकारी संस्था महासघका सदस्य शिवराज शर्माले पर्वत जिल्लामा गैरसरकारी संस्थाहरुले कार्य गर्ने वातावरण विग्रीदै गएको वताउदै,एउटा गैरसरकारी संस्थाले संस्थाको मूल्य मान्यता वमोजिम कार्य नगरेको भनि कार्वाहि गरी निकालेको व्यक्तिलाई अर्को गैरसरकारी संस्थाले प्रोत्साहन गरि ईगो साच्नका लागी भ्याईस रेकर्ड देखि सवैहतकण्डा प्रयोग गर्दछ भने कसरी पर्वत जिल्लामा वातावरण वन्दछ । त्यस्ता व्यक्तिलाई एउटा पक्षको नेता नै वनाएर अन्य समाजमा कार्य गरिरहेका गैससको विरुद्धमा भ-याड वनाएर कति दिन परियोजना भित्राउन सकिन्छ । यस तर्फ सवै गैसस अभियानकर्ताले सोच्न जरुरी छ ।

उता छानविन गर्ने स्थान  मोदि गाउंपालिका अन्तरगत भूक र देउरालीमा जांदा अनूसन्धानको टोलीलाई नै प्रभावित पार्ने गरि सोर्डैक नेपाल र गूडनेवारका कर्मचारीहरुले गाडी रिजर्व गर्ने,खाना खुवाउने र फूलमाला अविरले स्वागत गर्न लगाई प्रभावमा पारेका छन् । यस्तो नगर्न अनूसन्धानमा आएका व्यक्तिहरुले वताउदै असन्तुष्टि व्यक्त गरेको जानकारी दिए । हामीहरुलाइ स्वागत गर्न नपर्ने हो उनिहरुले भनेका छन् । अनुगमन गर्ने स्थानमा जांदा विद्यार्थीका अभिभावक र स्कूलका शिक्षकलाई भेटि सोध पूछ गर्दा एउटै रेडिमेड उत्तर आएको जनाएका छन् । गहिरिएर सोध्न अनुसन्धान गर्ने संस्था गुडनेवर र सोर्डेकका प्रतिनिधि संगै भएकाले छानविन गर्न अप्ठ्यारो भएको जनाएका छन् ।

त्यसै गरि फलेवास नगरपालिकाको लिमिठाना जांदा पनि ठिक त्यहि हरकत माला लागाउने,सम्मान गर्ने,गाडिको व्यवस्था गर्दै जस्का लागी अनूसन्धान गर्न आएको हो उनिहरुलाई नै अघिपछि लगाएर आपना मान्छेलाई मात्र भेट गराएको लिमिठानाका स्थानिय मोति प्रसाद शर्मा र कृष्ण प्रसाद सापकोटाले वताए । हामीलाई भेट्दा समेत किन आएको के काम हो कूनै कुरा खोलेनन् । त्यसै गरि अर्का स्थानिय आनन्द प्रसाद शर्माले लिमिठानाको स्कूलमा आएको सूनेको तर हामीलाई ठगेको संस्था सोर्डेक नेपाल को वारेमा केहि वताउन नपाएको भने ।

भ्रष्टाचार के के मा भयो के के गयो भन्ने कूराको वेलिविस्तार हामी संग छ । तर हामीलाई कूनै सूइको नदिने आपना मान्छेलाई मात्र खवर गरेका रहेछन् । आनन्द प्रसाद शर्माले थपे । त्यसै गरि अर्का कफि व्यवसायी सीता रेग्मीले कफि नर्सरी गरेको तर कूनै सूविधा नपाएको वताउदै हामीलाई कूने जानकारी नगराई गैर कफि व्यवसायीको भेटेर फर्केको जानकारी दिईन ।

यता छानविनमा गएको टोलीले काठमाडौं गए पछि प्रतिवेदन सार्वाजनिक गर्ने वताए , उनिहरुलै धेरै कमिकमजोरी भएको पायौं त्यसको यथार्थ प्रतिवेदन संझौता पत्र र उपलव्ध गराएको रकम हेरेर तयार गर्ने जानकारी दिए । तर हामीलाई प्रभावमा पार्ने प्रयास गरियो यो गूडनेवर र सोर्डेकको ठूलो कमजोरी हो । अनूसन्धान गर्न पर्वत जिल्लामा समाज कल्याण परिषदका कानून अधिकृत रमेशराज कार्किको नेतृत्वमा एक टोली आएको छ जस्मा जय अधिकारी,राजन पौडेल रहेका छन्  ।

यता कार्यक्रम भ्रष्टाचार भएको आरोप लागेको संस्था सोर्डेक नेपालका कार्यक्रम संयोजक देवि तिमिल्सीनाले आपनो संस्थाले एक रुपैया पनि जानीजानी भ्रष्टाचार नगरेको दावी गरे । केहि संस्थाहरुको निवेदनमा यो छानविन भएको जानकारी दिए ।