पर्वत । कुश्मा नगरपालिकामा लामो समयदेखिको विवाद मिलेको छ । विवाद हुँदा रोकिएको नगर परिषद पनि अव हुने भएको छ ।

नगरपालिकाले निर्माण गर्नुपर्ने निर्दे्शिकामा सहमती जुटेसंगै नगरपालिकाको लामो समयसम्मको विवाद समाधान भएको हो । निर्दे्शिकामा सहमती नजुटेमा नगरप्रमुखले अन्तिम निर्णय प्रयोग गर्ने वा बहुमतले निर्णय भन्ने विवादका वीच अन्यौल ग्रस्त बनेको कुश्मा नगरपालिकाको विवाद अन्ततः आज समाधान भएको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

लामो समय सम्म विवाद हुँदा वजेट रोकिएको थियो । अन्य नगरपालिका तथा गाउँपालिकामा वजेट कार्यान्वयन भएपनि कुश्मामा भने विवादका कारण वजेट आउन सकेको थिएन ।

बहुमत सहितका वडा नगरकार्यपालिका सदस्य र नगरप्रमुख वीच बहुमत वा एकल मत भन्ने विषयको बहस अन्ततः टुंगीएको छ । कुश्मा नगरपालिकाको नगरसभा आगामी असोज ४ गते भित्र गर्ने सहमती भएको जोशीले जानकारी दिनुभयो ।

एमाले पक्षका जनप्रतिनिधीहरुले नमूना कार्यविधि पारित गर्न नदिए पछि नगर परिषद रोकिएको थियो ।