१९ भाद्र सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ बांगलाको जर्रे खोलामा बालबालिकालाई छाडेर बाबुआमा हिँडेपछि तीन बालबालिका वेवारिसे बनेका छन्। मालारानी गाउँपालिका हंशपुरमा घर भइ कामको सिलसिलामा डिभर्ना र ठूलापोखराको बीचमा पर्ने जरेखोलामा गिट्टी बालुवा तथा अन्य कामगरी जिबिका चलाइरहेका एक दम्पतीका तीन बच्चा अभिभावक बिहिन भएका हुन्।
बच्चालाई छिमेकीले तीन दिनसम्म त कही कतैबाट बुबा आमा आउलान र लैजालान भनेर स्याहार सुसार गरे तर तीन दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि वडा अध्यक्ष नारायण खड्कालाई खबर गरेका थिए।
वेवारिसे बच्चा छन् भन्ने स्थानीयले खबर गरेपछि अध्यक्ष खड्काले शनिबार बच्चालाई उनले आफ्नै घरमा ल्याएर राखे। सन्धिखर्कमा ल्याइएका बालबालिकालाई स्थानीय पवित्रा भुसाल र गोमा सापकोटा रेग्मीले नुवाइधुवाई गरेर स्याहार सुसार गरेका छन्। स्थानीयले कपडा तथा चप्पलको व्यवस्था गरेपछि बालबालिका अहिले सन्धिखर्कमा छन्।
अहिले अध्यक्ष खड्का र पत्रकार तथा समाजसेवी सहयोगी बिसीले बच्चाको हेरविचार गरेका छन्। ‘बालबालिकाहरुको आमाबुबा खोज्ने प्रयास गरिरहेका छौँ,’ अध्यक्ष खडकाले भने।अन्नपूर्ण पोष्ट वाट








